मिटरब्याज पीडितको समस्या समाधानका लागि उच्चस्तरीय आयोग गठन गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं । सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि न्यायिक अधिकारप्राप्त उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा मिटरब्याज पीडितहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रचण्डले मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्ने आश्वासन दिएका हुन् ।

उनले मिटरब्याज पीडितहरुका समस्या दीर्घकालीन समाधानका लागि ऐनको नै व्यवस्था नभएकाले अब सरकारले ऐन निर्माणको काम थालिसकेको जानकारी दिए । उनले मिटरब्याजीलाई ऐनद्वारा नै कारबाही गर्न र उनीहरुमाथि मुद्दा चलाउन सक्नेगरी ऐन तयारीको अन्तिम चरणमा रहेको बताए । प्रधानमन्त्रीले मिटरब्याज पीडितका सबै माग पूरा गर्ने तयारीमा आफू रहेको बताए ।

प्रधानमन्त्रीसँगको भेटमा उनीहरुले आफ्ना पीडा राखेका थिए । उनीहरुले आफ्ना ६ वटा माग सम्बोधन भएपछि मात्रै काठमाडौं छोड्ने प्रधानमन्त्रीसँग अडान लिएका छन् । प्रधानमन्त्री दाहालले भने अब पुनः गृह मन्त्रालयको सरकारी टोलीसँग यसबारे सम्झौता गरेर मात्रै घर फर्किन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *