ब्राजिलका राष्ट्रपति लुलाले अप्रिलको दोस्रो हप्ता चीन भ्रमण गर्ने

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा अप्रिल महिनाको दोस्रो साता चीन भ्रमणमा जाने भएका छन् ।

उनले गत साताका लागि भ्रमणको तय गरेको भए पनि स्वास्थ्य समस्याका कारण अन्तिम समयमा भ्रमण स्थगित गरेका छन् । उनलाई निमोनियाको समस्या देखिएको र अहिले स्वास्थ्यमा क्रमिक सुधार भइरहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति लुला अप्रिल ११ देखि १४ तारिखसम्म चीनमा रहनुहुने राष्ट्रपति कार्यालयले शुक्रबार जनाएको हो ।

जनवरीमा ब्राजिलको राष्ट्रपतिकोरूपमा सत्ता सम्हालेका ७७ वर्षीय बामपन्थी नेताको भ्रमण दुई देशबीचको राजनीतिक, आर्थिक तथा कुटनीतिक सम्बन्धलाई थप मजबुत पार्न केन्द्रित रहने बताइएको छ ।

भ्रमणले दक्षिणपन्थी पूर्ववर्ती जायर बोल्सोनारोको शासनकालमा चिसिएको बेइजिङसँगको सम्बन्धलाई पुनः स्थापित गर्ने विश्वास गरिएको छ । लुलाले ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनसँग घनिष्ठ सम्बन्ध बनाउन चाहेको ब्राजिलका अधिकारीहरूले बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *