इंग्लिस प्रिमियर लिगमा आज सात खेल हुँदै

एजेन्सी । इंग्लिस प्रिमियार लिगमा आज सात खेल हुँदैछ । आज हुने पहिलो खेलमा म्यानचेस्टर सिटी र लिभरपुल भिड्दैछन् । इतिहास स्टेडियममा हुने खेल बेलुकी ५ :१५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । हाल २७ खेलबाट ६१ अंक जोड्दै लिगको दोस्रो स्थानमा रहेको सिटी शीर्ष स्थानमा रहेको आर्सनलसँग अंक दुरी घटाउन चाहन्छ । एक खेल बढी खेलेको आर्सनल ६९ अंकको साथ शीर्ष स्थानमा रहेको छ । सिटी आज घाइते मुख्य फरवार्ड इलिंग ब्राउट हालान्डबिना मैदान उत्रिनेछन् ।

यता खराब लयमा रहेको लिभरपुल २६ खेलबाट ४२ अंक जोड्दै लिगको छैटौं स्थानमा रहेको छ । आफ्नो पछिल्लो पाँच खेलमा मात्र दुई जीत निकालेको लिभरपुल आजको खेल जित्दै शीर्ष पाँचमा उक्लिने सम्भावना जीवित राख्न चाहन्छ ।

आज हुने अन्य खेलहरु

एएफसी बर्नामाउथ विरुद्ध फुल्हाम (बेलुकी ७:४५ बजे)

आर्सनल विरुद्ध लिड्स (बेलुकी ७:४५ बजे)

ब्रिघटन विरुद्ध ब्रेन्टफोर्ड (बेलुकी ७:४५ बजे)

क्रिस्चल प्यालेस विरुद्ध लेस्चर सिटी (बेलुकी ७:४५ बजे)

नोट्टिन्हाम फरेस्ट विरुद्ध वोल्भ्स (बेलुकी ७:४५ बजे)

चेल्सी विरुद्ध एस्टन भिल्ला (राति १०:१५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *