दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् चैत्र १७ गते शुक्रबारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०७९ चैत्र १७ गते शुक्रबार तद्अनुसार इश्वी सन् २०२३ मार्च ३१ तारीख चैत्र शुक्ल पक्ष दशमी तिथि तिष्य नक्षत्र । सुकर्मा योग तैतिल करण चन्द्रमा कर्कट राशिमा आनन्दादि योगमा उत्पात योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मान्यजनको स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरिरहेको कार्यका क्षेत्रमा सामान्य ढिलाइको सम्भावना रहेको छ । सवारी साधनको प्रयोगमा साबधानी अपनाउनुपर्ने छ । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेको छ । जीवन साथीको सहयोगमा जटिल कार्य सम्पादित रहने छन् ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मित्रजन तथा दाजुभाइ बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजनहरुको साथ सहयोग मनग्य प्राप्त हुनेछ । मान प्रतिष्ठामा सामान्य आँच आउन सक्ने सम्भावना रहेको छ । आय आर्जनका निम्ति अधिक श्रम तथा यात्रा गर्नुपर्ने समय रहेको छ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
भोजभतेर तथा सभा सम्मेलनजन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहने छ । वाणिमा अस्थिरता छाउनाले नजिकका आफन्तजनहरुसँगको सम्बन्धमा तनाब उत्पन्न हुन सक्ने छ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भावना रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मनोविलासिताका साधनको प्रयोगले समय ब्यतित रहने छ । व्यापार व्यवसायका क्षेत्रमा समय उत्तम रहेको छ । स्वास्थ्य क्षेत्रमा सामान्य सुधार रहने छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारिवारिक साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । अध्ययन अध्यापनमा समय मध्यम रहने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कार्य सम्पादनप्रति अरुको दबावको महसुस हुनाले दिन तनाबपूर्ण व्यतित रहला । प्रतिस्पर्धीहरू सवल रहनाले हर कदममा सजग रहनुहोला । स्वास्थ्यमा देखिएका समस्याका कारण सामान्य खर्चको योग रहेको छ । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस रहने छ । असम्बन्धित व्यक्तिहरुको विश्वासमा नपर्नुहोला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आय आर्जनका विभिन्न स्राेत साधनहरु फेला परे तापनि मानसिक चन्चलताले कार्य क्षेत्रमा ब्यवधान आइपर्ने छ । अध्ययन अध्यानपनमा अधिक समय व्यतित गर्नुपर्ने छ । शुभ चिन्तकहरुको संख्या हुने छ । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहने छ । बोलीका कारण आफन्त जनहरुसँग तनाब उत्पन्न हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
सभा सम्मेलनजन्य कार्यमा सहगिता साथै सामान्य मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । कार्यप्रतिको लगनशीलतामा वृद्धि हुनेछ । मनोरञ्जनका निम्ति सामान्य खर्चको सम्भावना रहेको छ । मानसिक चन्चलताले सताउँने छ । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनीमा साबधान अपनाउनुहोला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्राका क्रममा सामान्य खर्चको सम्भावना रहेको छ । तपाईँको कार्य सम्पादनको श्रेय असम्बन्धित व्यक्तित्वहरुले प्राप्त गर्नेछन् । नजिकका मित्रजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहने छ । परिवारका सदस्यहरुसँगको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य सम्बन्धि समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानमा विशेष सजग रहनुहोला । पुरानो लगानी उठाउन समयले साथ दिनेछ । असम्बन्धित व्यक्तिहरुका कारण कार्य क्षेत्रमा सामान्य दवाबको सामना गर्नुपर्ने सम्भावना रहने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शारीरिक आलस्यताका कारण गरिरहेको काममा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्ने छ । मान प्रतिष्ठामा सामान्य आँच आउनसक्ने सम्भावना रहेको छ । व्यापार व्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहने छ । अध्ययन अध्यापन मध्यम रहने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
तपाईँद्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको संख्यामा कमि हुनेछैन । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भावना रहेको छ । असम्बन्धित व्यक्तिहरूकाे विश्वासमा नपर्नु नै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आइपर्न सक्ने छ । सामाजिक कार्यका क्षेत्रमा जुट्ने विशेष समय रहेको छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वाैद्धिक व्यक्तित्वहरुको साथ सहयोगमा दीर्धकालीन आम्दानीका स्राेतहरु फेला पर्ने छन् । अध्ययन अध्यापनका क्षेत्रमा समय ब्यतित रहने छ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानी लिन सकिने छ । स्वास्थ्यका निम्ति सामान्य खर्चको सम्भावना समेत रहेको छ । स्वास्थ्यमा सामान्य सुधारको योग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *