आईएईए प्रमुखद्वारा यूक्रेनी परमाणु उर्जा केन्द्रको निरीक्षण

संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकाय (आइएईए)का प्रमुख युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको दुर्लभ भ्रमणका लागि बुधबार युक्रेनको जापोरिजझिया विद्युत् केन्द्रमा पुगेका छन् ।

‘राफेल ग्रोसी जापोरिजीया’ परमाणु ऊर्जा केन्द्रमा पुगेका हुन् ।रूसी समूहको कब्जामा रहेको युक्रेन र युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्रमा आईएईएका प्रमुखको यो दोस्रो भ्रमण हो ।

गत वर्ष रुसी सेनाले आक्रमण गरेयता लगातार गोलाबारी भइरहेको दक्षिणी जापोरिजिया क्षेत्रमा रहेको आणविक केन्द्रको सुरक्षालाई लिएर निरन्तर चिन्ता व्यक्त गरिएको छ ।

युक्रेनी आणविक ऊर्जा उत्पादक ‘एनरगो एटम’ र रूसी समाचार एजेन्सीहरूले सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका प्रमुख राफेल ग्रोसी आफ्नो प्रतिनिधिमण्डलका साथ जापोरिजझिया आएको पुष्टि गरेका हुन् ।

एनरगो एटमले युक्रेनमा रूसी सैन्य हार्डवेयरमा अङ्कित ‘जेड’ अक्षर चिह्नित नागरिक र सैन्य वाहनहरूको एक सम्रहको भिडियो तस्बीर सार्वजनिक गरेको हो ।

‘राफेल ग्रोसीले  परमाणु ऊर्जा केन्द्र (जेडएनपीपी) को स्थिति कसरी परिवर्तन भएको छ भनेर हेर्ने, उर्जा उत्पादन केन्द्रमा परमाणु ईन्जिनियरहरूसँग कुरा गर्ने र आईएईए स्थायी अभियानका सदस्यहरूको हेरफेरको सुनिश्चितकर्ताको रूपमा काम गर्ने योजना बनाउनुभएको छ,’एनरगो एटमले आफ्नो सामाजिक सञ्जाल पेजमा उल्लेख गरेको छ ।

गतवर्षको फब्रुअरीमा रूसले युक्रेनमा आक्रमण गरेपछि ग्रोसीको यो दोस्रो भ्रमण हो र भ्रमणको उद्देश्य ‘सुविधाको गम्भीर आणविक सुरक्षा र सुरक्षा स्थितिको प्रत्यक्ष मूल्याङ्कन गर्नु हो,” आईएईएले भनेको छ ।

एजेन्सीले सेप्टेम्बर २०२२ देखि प्लान्टभित्र विशेषज्ञहरूको एक टोली राखेको छ, तर ग्रोसीले स्थिति ‘अझै अनिश्चित’ रहेको बताए । यसै हप्ताको सुरुमा उनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेका थिए ।

भेटमा युक्रेनका राष्ट्रपतिले रूसको नियन्त्रणमा रहेको प्लान्टमा सुरक्षा पुनः स्थापना गर्न सम्भव नभएको बताएका थिए । जेलेन्स्कीले ग्रोसीसँग भनेका थिए, ‘जापोरिजिया आणविक केन्द्र र आसपासका क्षेत्रबाट रुसी सेना र कर्मचारीहरूलाई तत्काल फिर्ता नगरेसम्म आणविक सुरक्षा र सुरक्षा पुनः स्थापना गर्ने कुनै पनि पहल असफल हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *