मन्त्रालय टुंग्याउन गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरूले मन्त्रालयको विषयलाई  टुंग्याउँदै  सट्टा गठबन्ध आबद्ध दलहरुको बैठक आज बिहान बस्दैछ । बुधबारको गठबन्धन बैठकमा मन्त्रालयको संख्याको विषयमा सहमति जुटे पनि कुनकुन मन्त्रालय पाउने भन्नेमा भने अझै टुंगो लगाउन नसकेपछि बैठक आज पुन बस्न लागेको हो ।

आज बिहान ८ बजे बस्दैछ । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय भागबन्डा टुंगाएपछि सरकारमा नौ दल सहभागी हुने लगभग निश्चित भएको छ ।

बुधबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध शीर्ष तहको बैठकमा नौ दल सरकारमा सहभागी हुनेगरी मन्त्रालयको संख्या टुंगाइएको हो ।

गठबन्धन आबद्ध दलहरूका बीचमा भएको सहमतिनुसार नेपाली कांग्रेस आठवटा मन्त्रालय लिएर सरकारमा सहभागी हुँदै छ । यस्तै, नेकपा माओवादी केन्द्रले गृह मन्त्रालयको जिम्मेवारी आफूले लिएर पहिले लिएकै संख्या पाँच मन्त्रालयमा चित्त बुझाएको छ ।

यसैगरी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी २-२ मन्त्रालयसहित सरकारमा सहभागी हँुदै छन् भने जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी १-१ मन्त्रालयसहित सरकारमा जाँदै छन् । यस्तै, आमजनता पार्टीका अध्यक्ष प्रभु शाह पनि सरकारमा सहभागी हुँदै छन् ।

प्रधानमन्त्री प्रचण्डलाई पछिल्लो पटकसमेत विश्वासको मत दिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी भने तत्काल सरकारबाहिरै रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *