मिटरब्याज पीडितको हरेक पाइलामा समर्थन छः मुख्यमन्त्री यादव

जनकपुरधाम । मधेश प्रदेश सरकारले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार विज्ञप्ति जारी गरी मिटरब्याज पीडितको हरेक पाइलामा समर्थन रहेको बताएका हुन् ।

उनले यो समस्या समाधानका लागि संयुक्तरुपमा लड्नुपर्नेसमेत बताएका छन् । उनले मिटरब्याज मधेश प्रदेशको मात्र समस्या नभएको बताउँदै गरीब झन् गरीब हुने भएको यो समस्याविरुद्ध संयुक्त रुपमा लड्न अपीलसमेत गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *