दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् चैत्र १५ गते बुधबारको राशिफल

आज श्री शाके १९४५ बि. स. २०७९ चैत्र १५ गते तद्अनुसार इश्वी सन् २०२३ मार्च २९ तारीख बुधबार । चैत्र शुक्ल पक्ष अष्टमी तिथि आर्दरा नक्षत्र शोभन योग भद्रा करण चन्द्रमा मिथुन राशिमा आनन्दादि योगमा मुसल योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु चैत्राष्टमी, भवानीउत्पत्ति, जमया अष्टमीव्रत गोरखकालीपूजा चैते दशैँ अशोकको पाउला खाने श्री श्वेत्मत्स्येन्द्रनाथ रथ यात्रा (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कार्यको थालनीले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा विशेष ध्यान दिनुहोला । मध्यान्ह पश्चात् दाजुभाइ तथा ईष्टमित्र बीचको सम्बन्धमा सामान्य खराबी देखा पर्नेछ । मान्यजनको साथ सहयोगद्वारा गरिरहेको काममा विशेष फाइदा प्राप्त हुनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमि हुनेछ । भौतिक स्रोत साधनको प्रयोगमा समय व्यतित हुने योग रहेको छ । मध्यान्ह पश्चात् व्यक्तित्व विकासमा जुट्ने समय रहेको छ । कुलकुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
अनावश्क यात्रा हुन सक्छ । विश्वासिला व्यक्तिहरूबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनुपर्ला । मध्यान्ह पश्चात् मान प्रतिष्ठामा वृद्धि हुने योग परेको छ । दाम्पत्य सुखमा कमि आउने छ। मान्यजनको साथ प्राप्त हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्ने छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भइन सकिने छ । मध्यान्ह पश्चात् कोध्रको कारण मानसीक चिन्ता बढ्न सक्छ । दाम्पतीबीच सामान्य कलह रहने सम्भावना रहन सक्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मान्यजनको साथ सहयोगमा गरिएका कार्यहरु प्रभावकारी रहन सक्नेछन् । सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गका निम्ति समय त्यति उत्तम रहेको छैन । मध्यान्ह पश्चात् मेहेनत र परिश्रमको कदर हुन सक्ने योग रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनको चन्चलताले कार्य सम्पादनमा झन्झट निम्त्याउने छ । असम्बन्धित व्यक्तिको संगतले अपजसको सामना गर्नुपर्ला । यात्रा कारक समय रहेको छ । पारिवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भावना रहेको छ । मध्यान्ह पश्चात् भौतिक स्राेत साधनको प्रयोगमा मन प्रशन्न रहने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
वाणिको कारण दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । ईष्टमित्रबीच सामान्य वादविवादको योग रहेको छ ।स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्नेछ । मध्यान्ह पश्चात मित्र तथा दाजु भाइ बीचको सम्बन्धमा सुधार आउने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
भोग विलासका क्षेत्रमा समय ब्यतित हुनेछ । मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । कार्य क्षेत्रमा गरिएकाे लापरबाहिले सामान्य झन्झट आईपर्ला । मध्यान्ह पश्चात् खानपानमा विशेष ध्यान दिनुहोला । खुट्टा तान्ने व्यक्तिबाट बच्नुपर्ने समय छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नजिकका व्यक्तिबाट धोका हुन सक्छ, सजग रहनुहोला । सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाइ आइपर्न सक्छ । तपाईँको कार्यको फाईदा मित्रजनले प्राप्त गर्नेछन् । मध्यान्ह पश्चात् जीवन साथीको सहयोगद्वारा गरिएकाे कामबाट अप्रत्यासित लाभको अवसर मिल्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य चुनौति पश्चात् आम्दानी राम्रो रहने छ । अरुको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । सामान्य अप्रिय खबरले मानशीक चिन्ता ब्यहोर्नुपर्ला । मध्यान्ह पश्चात् जिद्दी स्वभावको कारण प्रतिस्पर्धामा पराजयको सामना गर्नुपर्ने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारिवारिक झोरझमेलाले सताउँने छ । सामाजिक कार्यमा आफू अग्रसर रहे पनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । समयमा सही निर्णय गर्ने क्षमता बढ्ने छ । मध्यान्ह पश्चात् वाैद्धिक व्यक्तिहरुका बिचमा आफू कमजोर भएको महसुस हुनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यात्रा हुनसक्ने सम्भावना रहेको छ । मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानी भने उत्तम रहने छ । मध्यान्ह पश्चात् आम्दानीको क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *