कोन्टेले छोडे टोटेन्हाम

एजेन्सी । इटालियन प्रशिक्षक एन्टोनियो कोन्टेले टोटेन्हाम हट्स्पर छोडेका छन् । आइतबार क्लब र प्रशिक्षकबीच आपसी समझदारीमा कोन्टेले टोटेन्हाम छोडेका हुन् ।

कोन्टे १६ महिना अगाडि टोटेन्हामको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । उनको प्रशिक्षणमा टोटेन्हाम गत सिजन इन्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा छनोट भएको हो । तर यसपटक एफए कप र च्याम्पियन्स लिगबाट बहिरिएपछि कोन्टेको पद खतराना परेको थियो ।

उनले गत हप्ता साउथाम्प्टनविरुद्ध भएको खेलमा टोलीले लिएको दुई गोलको अग्रता जोगाउन नसक्दा ३-३ गोलको बराबरीमा रोकेएपछि खेलाडी र बोर्डको आलोचनापनि गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *