सन्दीप लामिछानेविरुद्ध लागेको मुद्धाको फैसला पेशी आज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार आरोप सम्बन्धी मुद्दाको फैसलाको पेशी आज तोकिएको छ ।

कुनै पक्षले स्थगित नगरेको अवस्थामा सुनुवाइको सम्भावना रहने बताईएको छ । गत भदौमा सन्दीपविरुद्ध बलात्कारको जाहेरी मुद्धा परेको थियो।त्यति बेला विदेशमा रहेका सन्दीप एक महिनापछि आफू फर्कने जानकारी दिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले सशर्त २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।

सरकारी पक्ष सर्वोच्च अदालत पुगे पनि उच्च अदालतको आदेश सदर भएको थियो। यता आफूलाई विदेश जान लगाइएको रोक फुकुवा गर्न माग गर्दै सर्वोच्च पुगेका सन्दीपलाई सशर्त अनुमति दिइएको थियो । सर्वोच्चले स्वदेश तथा विदेशमा गएर क्रिकेट खेल्न अनुमति दिएपछि उनले नेपाली राष्ट्रिय टोलीलाई लिग २ बाट सोझै विश्वकप क्रिकेटको छनौट सम्म पुराउन महत्वपूर्ण भुमिका खेलेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *