युरोकप छनोटमा इंग्ल्याण्ड र इटाली विजयी

एजेन्सी । युईएफए युरोकप-२०२४ छनोटमा इंग्ल्याण्ड र इटालीले जीत निकालेका छन् । आइतबार राति भएको खेलमा युक्रेनलाई २-० गोलले हराउँदै इंग्ल्याण्डले छनोटमा लगातार दोस्रो जीत निकालेको हो ।

वेम्बली स्टेडियममा भएको खेलमा इंग्ल्याण्डलाई जीत दिलाउन ह्यारी केन र बुकायो साकाले समान एक-एक गोल गरे । खेलको ३७ औं मिनेटमा साकाको पासमा केनले गोल गर्दै इंग्ल्याण्डलाई शुरुवाती अग्रता दिलाएका थिए । ४० औं मिनेटमा हेन्डर्सनको पासमा साकाले गोल गर्दै इंग्ल्याण्डलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए ।

दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा इंग्ल्याण्ड २-० गोलले विजयी भएको हो । जीतसँगै इंग्ल्याण्ड दुई खेलबाट ६ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थानमा रहेको छ । अंकविहिन युक्रेन चौथो स्थानमा रहेको छ ।

गएरातिनै भएको अर्को खेलमा माल्टालाई इटालीले २-० गोलले हराएको हो । ताकाली नेसनल स्टेडियममा भएको खेलमा इटालीलाई जीत दिलाउन माटेओ रेटेगुई र मात्टे पसिनाले गोल गरे । इटालीले दुवै गोल पहिलो हाफमा गरेको हो ।

जीतसँगै इटाली दुई खेलबाट ३ अंकको साथ समूह ‘सी’को दोस्रो स्थानमा रहेको छ । दुवै खेलमा पराजीत माल्टा पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *