भारतद्वारा अहिलेसम्मकै ठूलो रकेट प्रक्षेपण

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले हालसम्मकै ठूलो रकेट एलभीएम–३ प्रक्षेपण गरेको छ ।  बीबीसीका अनुसार आइतबार प्रक्षेपण गरिएको रकेटमार्फत भारतले ३६ वटा भूउपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको हो ।

आन्ध्र प्रदेशको श्रीहरीकोटाको सतिस धवन अन्तरिक्ष स्टेसनबाट  ४३ दशमलव ५ मिटर लामो रकेटको प्रक्षेपण गरिएको हो ।

यो रकेटले ५ हजार ८०५ केजीको ३६ भू–उपग्रह ४५० किलोमिटरमाथि रहेको पृथ्वीको तल्लो कक्षमा छाडिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *