दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् चैत्र १२ गते आइतबारको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ चैत्र १२ गते तद्अनुसार इश्वी सन् २०२३ मार्च २६ तारीख आइतबार । चैत्र शुक्ल पक्ष पञ्चमी तिथि कृत्तिका नक्षत्र प्रीति योग वव करण चन्द्रमा वृष राशिमा आनन्दादि योगमा धुम्र योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रियजनको स्वास्थ्यमा सामान्य खराबी आउनाले मानसिक समस्या आइपर्न सक्ने छ । वाणिमा मधुरता छाउनाले कुल कुटुम्बहरूको साथ सहयोगमा वृद्धि हुने योग रहेको छ । नयाँ लगानीका क्षेत्रमा विशेष सजग रहनुपर्ने समय रहेको छ । यात्रामा सजग रहनुहोला । वादविवादको झमेलामा फँस्न सक्ने सम्भावना रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यापार व्यवसायको निम्ति तथा नयाँ लगानीका लागि राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोगद्वारा गरिरहेको काममा विशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहने छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँला । भौतिक स्राेत साधनको प्रयोगले मन प्रशन्न रहला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सामान्य आर्थिक अभावको सामना गर्नुपर्ने छ । मेहेनत अनुरूपको फल प्राप्ति नहुनाले दिन निराशापूर्ण व्यतित हुनेछ । सामान्य यात्राको सम्भावना रहेको छ । खानपानका कारण स्वास्थ्यमा भने सामान्य समस्या देखापर्ने छ । अरूको छिटो विश्वास गर्ने बानीका कारण तपाईँलाई सामान्य धोका हुन सक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्षित रहने छ । मनोरञ्जनका क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईँको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेको छ । प्रतिपक्षीहरू सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनुपर्ला । नयाँ कार्यको थालनीले मन प्रशन्न रहला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परोपकारका क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुशरणबाट विशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरूसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारीरिक आलस्यताले सताउला । पारिवारिक साथ सहयोगबाट काममा विशेष फाइदा हुनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । अनावश्यक यात्राको सम्भावना रहेको छ । प्रतिस्पर्धीहरू कमजोर रहनाले तपाइँलाइ कार्यक्षेत्र सहज बन्नेछ । जटिल कार्यहरू सम्पादन गर्न उत्तम समय रहेको छ । दाजुभाइ तथा मित्रजनको साथ सहयोगमा गरिएका कार्यमा विशेष फाईदा पुग्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
कार्य सम्पादनमा अरूको दवाबको अनुभव हुन सक्नेछ । स्वास्थ्यमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउँला । भोजभतेरजन्य कार्यमा सहभागीताको योग रहेको छ । सभा सम्मेलनमा सहभागीताको समय रहेको छ । तपाईँको कार्यको फल अरूलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
व्यापार व्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जीवन साथीको सहयोगमा गरिएका कार्यहरूमा सफलता हात लाग्ने छन् । अध्ययन अध्यापनमा लगाइएको समय महत्वपूर्ण रहने छ । शीप तथा क्षमताका आधारमा कार्यहरू सम्पादित रहने छन् । कार्य सम्पादनमा लगाइएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अपरिचित व्यक्तिहरूको विश्वास गर्नाले षड्यन्त्रमा फँसिएला सजग रहनुपर्ने समय रहेको छ । शत्रु सबल रहने छन् । मान सम्मानमा आँच आउन सक्ने सम्भावना रहेकोले विशेष सजग रहनुहोला । आर्थिक झमेलाले सताउने छ । सामान्य आर्थिक अभावको सामना गर्नुपर्ने छ । यात्रा खर्च दायक रहन सक्ने सम्भाबना रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्य्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहने छ । सानो प्रयासले व्यक्तित्व विकासमा निकै टेवा पुर्याउने छ । आम्दानी मध्यम रहने छ । वाैद्धिक व्यक्तित्वहरूको अनुशरण दीर्घकालिन फाइदाका स्राेत बन्ने छन् । आफूभन्दा सानोको सहयोगमा गरिएका कामहरू दीगोरूपमा फाइदामुलक साबित हुने छन् ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
भौतिक स्राेतसाधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामान्य त्रुटिले अपजसको सामना गर्नुपर्ने सम्भावना रहेको छ । मान्यजनहरूको साथ सहयोगमा जटिल कार्यहरू सजिलै सम्पादित रहने छन् । अरूको दवाबको अनुभब हुन सक्ने छ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजनसँगको भेटघाटले मन प्रशन्न रहला । अध्ययन अध्यापन मध्यम रहने छ । मनमा चन्चलताले बास गर्नाले सही निर्णय गर्न नसकिएला । कार्य सम्पादनमा लगाइएको लगनशीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहने छ । बल पराक्रममा वृद्धि हुनेछ ।

तपाईँको यो साता कति शुभ? हेर्नुहोस् चैत्र १२ देखि १८ गतेसम्मको साप्ताहिक राशिफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *