तपाईँको यो साता कति शुभ? हेर्नुहोस् चैत्र १२ देखि १८ गतेसम्मको साप्ताहिक राशिफल

२०७८ चैत्र १२ देखि १८ गतेसम्मको साप्ताहिक राशिफल (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साताको प्रारम्भमा आर्थिक क्षेत्रमा सामान्य समस्या आइपर्ने छ । देश परदेशको यात्राको सम्भावना रहने छ । गरिरहेको कार्यमा सामान्य समस्या उत्पन्न हुनाले कार्य ढिलाइको सम्भावना रहने छ । स्वास्थ्यका क्षेत्रमा सामान्य खर्चको सम्भावना रहेको छ । नयाँ लगानी गर्नका निम्ति विशेष सजग रहनुपर्ने समय रहेको छ । मंगलबार पश्चात् भने कार्यक्षेत्रबाट आफन्तजनहरुको मन जित्न सफल रहिने छ । सामान्य पारिवारिक झोरझमेलाको सामना गर्नुपर्ने छ । व्यापार व्यवसायमा हानीको सम्भावना रहेकाले साबधानीपूर्वक अघि बढ्नुहोला । अध्ययन अध्यापनमा समय मध्यम रहने छ । साताको अन्त्यतिर भने सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त रहने छ । कला कौलशताको प्रयोगमा समय ब्यतित रहने छ । यो साता आर्थिक क्षेत्रमा साबधान रहनुहोला ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यो साताको प्रारम्भमा पुरानो लगानी उठाउन समय उत्तम रहने छ, साथै नयाँ कार्यको थालनीले मन प्रशन्न रहला । विद्यार्थी वर्गका निम्ति समय राम्रो रहेको छ । रचनात्मक कार्यमा जुट्नाले मानसम्मान प्राप्ति समेत रहने छ । साझेदारी कार्यमा भने सावधानी अपनाउनुपर्ने छ । मंगलबार पश्चात् भने पारिवारिक स्वास्थ्यमा खर्च बढ्नाले आर्थिक सङ्कटको सामनाको गर्नुपर्ने छ । गरिरहेको कार्यमा समेत समस्या उत्पन्न हुनाले मनमा खिन्नता बोध हुनेछ । मित्रजनहरुसँगको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुनसक्ने छ । यात्राका क्रममा सामान्य चोटपटकको सम्भावना रहेकोले सजग रहनुहोला । साताको अन्त्यतिर भने स्थीर क्षेत्रमा गरिएको लगानीको उत्तम प्रतिफल प्राप्त रहने छ । पारिवारिक साथ सहयोगमा अधुरा कार्य सम्पादनमा सहजता उत्पन्न हुनेछ । यो साता कार्यक्षेत्रमा लगाइएको लगनशीलताको कदर हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
साताको प्रारम्भमा सामान्य अप्रिय खबरले मन चिन्तित तुल्याउने छ । गरिरहेका कामकाे सम्पादनमा अधिक समय व्यतित हुनेछ । साथै, कार्य सम्पादनको श्रेय समेत अन्य व्यक्तिहरुले प्राप्त गर्ने छन् । भौतिक स्राेत साधनको प्रयोग तथा खरिदको योग रहेको छ । मान्यजनहरुसँगको सम्बन्धमा समस्या देखापर्ने सम्भावना रहेको छ । मगंलबार पश्चात् भने नयाँ कार्यको थालनीले मन हर्षित रहेन छ । पुराना मित्रजनहरुको सहयोगमा आर्थिक क्षेत्र दरिलो बनाउन मद्दत पुग्ने छ । पठनपाठनमा लगाइएको समय महत्वपूर्ण रहने छ । विद्धत वर्गहरुसँग समय बिताउने अवसर प्राप्त रहने छ । आफूभन्दा सानासँग मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । साताको अन्त्यतिर अनावश्यक खर्चका कारण तात्कालिन आर्थिक अभावको सामना गर्नुपर्ने छ । प्रतिस्पर्धाजन्य कार्यमा सावधानी अपनाउनु नै राम्रो रहने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यात्राकारक समय रहेको छ । मित्रजनहरुको प्रशन्नताका निम्ति अधिक समय व्यतित रहने छ । काम काजका क्षेत्रमा सामान्य सङ्घर्षका बावजुद पदोन्नतीको सम्भावना रहने छ । मुद्दा मामिलामा फस्नु परेता पनि विजय आफ्नै हुनेछ । पुरानो लगानी उठाउन भने समय मध्यम रहने छ । सभा सम्मेलनजन्य कार्यमा सहभागिता जनाउने अवसर प्राप्त रहने छ । भूमि तथा वहान सुख प्राप्त रहने छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहने छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहने छ । सबारी साधनको प्रयोगमा सावधानी अपनाउनुपर्ने छ । साताको अन्त्यतिर आर्थिक क्षेत्र सबल तुल्याउन नयाँ कार्यको थालनीको योग रहेको छ । अध्ययन अध्यापनमा समय उत्तम रहने छ । यो साता कार्य प्रति लगनशील रहे निकै लाभ प्राप्त रहने छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
यो साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नजिकका मित्रजनहरुबाट धोका हुन सक्ने सम्भावना रहेको छ । गरिरहेको कार्य परिवर्तनको योग रहेको छ । साथै, सञ्चित रकम खर्च हुने सम्भावना रहेको छ । मान्यजनहरुको मार्ग दर्शन अवलम्बन नगर्नाले सम्पादित कार्यहरु अपूर्ण रहने छन् । मित्रजनहरुको अधिक सामिप्यता अहित साबित हुनेछ । तपाईँद्वारा सम्पादित कार्यको श्रेय असम्बन्धित व्यक्तिहरुले सहजतापूर्ण ढंगमा प्राप्त गर्नाले कार्यप्रति शारीरिक आलस्यता छाउने छ । मनोरञ्जनपुर्ण यात्राको समय रहेको छ । साताको अन्त्यतिर गरिरहेको कार्यका कारण आफन्तजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य अप्रिय खबरले मन चिन्तित गराउन सक्ने छ । यो साता अरुको विश्वासमा नपरी कार्य सञ्चालन गर्नु उत्तम रहेन छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
व्यापार व्यवसायमा समय उत्तम रहने छ । नयाँ कार्यको थालनीका निम्ति पारिवारिक साथसहयोग उत्तम रहेने छ । दाम्पत्य सम्बन्धमा भने सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारीरिक आलस्यताका कारण गरिरहेको कार्यमा ढिलाइको योग रहनेछ । स्थान परिर्वतनको सम्भावना समेत रहेको छ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने छ । हर कसैको पूर्णविश्वास गर्नाले कार्य सम्पादनमा सामान्य समस्या देखा पर्नेछ । वाणिका कारण आफन्तजनहरुसँगको सम्बन्धमा सामान्य समस्या देखा पर्नेछ । साताको अन्त्यतिर मित्रजनहरुसँगको सहकार्यमा नयाँ कार्यको थालनी भएता पनि त्यसको प्रतिफल भने त्यति उत्तम प्राप्त हुने छैन । सामान्य यात्रा पश्चात् मान्यजनहरुसँग भेट हुनेछ । साथै, आम्दानीका स्राेत सबल तुल्याउने उपाय समेत प्राप्त रहने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
साताको प्रारम्भमा रोकिएर रहेको कार्यहरु सुचारु गर्नाले उत्तम प्रतिफल प्राप्त रहने छ । सामाजिक कार्यको क्षेत्रमा जुट्नाले उत्तम प्रतिफल प्राप्त रहने छ । प्रतिस्पर्धाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहेन योग रहेको छ । देश प्रदेशको यात्राको योग रहने छ । व्यापार व्यवसायमा नयाँ लगानी उत्तम रहने छ । सभा सम्मेलनमा सहभागिता जनाउने अवसर प्राप्त रहने छ । दाम्पत्य सम्बन्धमा रहेको उतार चढाब कम भई सुधार रहने छ । पारिवारिक साथ सहयोगद्वारा अधुरा कार्यहरु सम्पादित गर्न समय उत्तम रहने छ । साताको अन्त्यतिर भने नजिकका मित्रजनहरुले धोका दिनाले गरिरहेको कार्यमा ढिलाइकाे सम्भावना रहने छ । सामान्य चोटपटको सामना गर्नुपर्ने सम्भावना रहेकोले विशेष सावधानी अपनाउनुपर्ने छ । यो साताको अन्त्यतिर नयाँ कार्यको थालनी नगर्नु उत्तम रहने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अध्ययन अध्यापनका निम्ति उत्तम समय रहेको छ । रचनात्मक कार्यको क्षेत्रबाट वाैद्धिक व्यक्तित्वहरुको मन जित्न सफल रहिने छ । आफूभन्दा सानाहरुसँग मनोरञ्जनका क्षेत्रमा समय व्यतित रहने छ । आम्दानीका विभिन्न स्राेतहरु फेला पर्नाले मन हर्षित रहने छ । शुभ चिन्तकहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहने छन् । परिवारका सदस्यहरुबाट टाँढा भएको महसुस रहने छ । पुरानो लगानी उठाउन समयले साथ दिनेछ । व्यापार व्यवसायमा भने सामान्य घाटाको सामना गर्नुपर्ने समय रहेको छ । साताको अन्त्यतिर शारीरिक आलस्यताका कारण कार्य सम्पादनमा बिलम्व रहने छ । पारिवारिक सम्बन्धमा समेत सामान्य तिक्तता उत्पन्न हुन सक्ने छ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउने छ । यो साता आफ्नो कला कौशलका माध्यमबाट आम्दानी मजबुत बनाउने समय रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पारिवारिक मनोरञ्जनका निम्ति समय व्यतित रहने छ । भौतिक स्राेतसाधन खरिद गर्ने विशेष समय रहेको छ । सभा सम्मेलनजन्य कार्यमा सहभागिताको योग बन्नेछ । मान्यजनहरुको स्वास्थ्यका क्षेत्रमा भने सामान्य समस्या देखापर्ने सम्भावना रहेको छ । कला कौशलको प्रयोगमा आम्दानीका स्राेतहरु सबल तुल्याउन सकिने योग रहेको छ । अध्ययन अध्यापनका निम्ति निकै राम्रो समय रहेको छ । नयाँ कार्यको थालनीपछिको आम्दानीको स्राेत बन्नेछ । पुराना मित्रजनहरुसँगको भेटघाटले मन प्रशन्न रहने छ । साताको अन्त्यतिर देश विदेशको यात्राको योग रहेको छ । अधुरा कार्यहरु सम्पादन गर्न समयले साथ दिनेछ । सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेको छ । यो साता पारिवारका निम्ति खर्चिएको समय उत्तम रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साताको प्रारम्भ उत्तम रहने छ । मित्रजनहरुको साथ सहयोग मनग्य प्राप्त रहने छ । अधुरा कार्यहरु सहजतापूर्ण ढंगमा सम्पादित रहने छन् । मनोरञ्जनमुलक यात्राको योग रहेन छ । बल तथा पराक्रममा  वृद्धि हुनेछ । सामान्य अहमताले कार्य क्षेत्रमा एक्लोपन तुल्याउने छ । पारिवारिक झोरझमेलाको सामना गर्नुपर्ने समय रहेको छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनुहोला । स्थीर क्षेत्रमा लगानी लगाउने समय रहेको छ । कार्यक्षेत्रमा लगनशीलताका कारण मान्यजनहरुलाई प्रशन्न बनाउन सकिने छ । सभा सम्मेलनजन्य कार्यमा सहभागिताको अवसर प्राप्त रहने छ । आम्दानीका स्राेतहरु सामान्य परिर्वतनको सम्भावना रहेको छ । यो साता मनमा घमण्डलाई उत्पन्न हुन नदिनु होला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
वाणिका कारण आफन्तजनहरुसँगको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ क्षेत्रमा लगाइएको लगानीको प्रतिफल प्राप्त गर्न केही समय पर्खनुपर्ने छ । भोज भतेरजन्य कार्यहरुमा सहभागिता जनाउने अवसर प्राप्त हुनेछ । मित्रजनहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादित रहने छन् । मनोरञ्जनमुलक यात्राको योग रहने छ । मान्यजनहरुको मार्ग दर्शन अवलम्बन गर्नाले दीर्घकालीन आम्दानीका स्राेतहरु फेला पर्ने छन् । कार्य सम्पादनको श्रेय अन्य व्यक्तिहरुले प्राप्त गर्नाले शारीरिक आलस्यता उत्पन्न हुनेछ । साताको अन्त्यतिर पारिवारिक झोरझमेलाको सामना गर्नुपर्ने छ । मानसम्मानामा आचँ आउन सक्ने सम्भाबना रहेकोले गरररिहेकाे कामका क्षेत्रमा साबधानी अपनाउनुहोला । यो साता साथीभाइहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन गर्न उत्तम रहने छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पारिवारिक साथ सहयोगद्वारा अधुरा कार्यहरु सम्पादित रहने छन् । व्यापार व्यवसायका क्षेत्रमा उत्तम समय रहेको छ । कार्य क्षेत्रमा लगाइएको लगनशीलताका कारण आफन्तजनहरुको मन जित्न सकिने छ । अध्ययनअध्यापनमा रुचि बढ्ने छ । प्रेम सम्बन्धमा प्रगाढता छाउने समय रहेको छ । मगंलबार पश्चात् भने स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुने सम्भावना रहेको छ । अरुको विश्वासमा कुनै पनि कार्य नसुम्पिनु होला । अन्यथा, व्यवहारिक झन्झटमा फँसिने सम्भावना रहेको छ । साताको अन्त्यतिर साथीभाइहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । मान्यजनहरुसँग सामान्य मनमुटाबको सम्भाबना रहने छ । यो साता नयाँ लगानीमा विशेष ध्यान पुर्याउनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *