दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् चैत्र ११ गते शनिबारको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ चैत्र ११ गते तद्अनुसार इश्वी सन् २०२३ मार्च २५ तारीख शनिबार । चैत्र शुक्ल पक्ष चतुर्थी तिथि भरणी नक्षत्र विष्कुम्भ योग वणिज करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा ध्वांक्ष योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दाम्पत्य सम्बन्धमा सुधार रहने छ । प्रतिस्पर्धाजन्य कार्यका लागि समय उत्तम रहेको छ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय उत्तम रहेको छ । नयाँ कार्य थालनीको योग रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ । व्यापार व्यवसायमा समय उत्तम रहने छ । अधुरा कार्यहरु सुचारु गर्न समयले विशेष साथ दिनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सामान्य आर्थिक अभावको सामना गर्नुपर्ने दिन रहेको छ । खराब संगतका कारण सामान्य अप्जस सहनुपर्ला । प्रतिपक्षीहरु सबल रहनाले कार्य सम्पादनमा साबधान रहनुहोला । मनोरञ्जनमुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक झमेलामा फस्न सकिने सम्भाबना रहेको छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्ने छ । प्रतिस्पर्धामा अब्बल रहिने छ । आयमूलक कार्यको थालनी हुनेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । अध्ययन अध्यापनका क्षेत्रमा खर्चिएको समय उत्तम साबित रहने योग रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मान्यजनको साथ सहयोगको कमि महसुस गरिने छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनुपर्ला । पारिवारको साथ सहयोगद्वारा आम्दानीका क्षेत्रमा मार्ग दर्शन मिल्ने छ । परीश्रमको उचित मुल्याङ्कन नहुनाले मनमा खिन्नताले बास गर्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोविलासिताका सामान खरीदकाे योग रहेको छ । दाजुभाइ तथा इष्टमित्रसँगकाे सम्बन्ध सुधार रहने छ । आफन्तजनसँग भेटघाट हुन सक्ने सम्भावना रहेको छ । पराक्रममा वृद्धि हुनेछ । नजिकका भनिएका व्यक्तिबाट विश्वासघात हुन सक्छ । धार्मिक क्षेत्रको यात्रामा समय ब्यतित रहने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनमा चन्चलताले बास गर्नाले सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्नेछ । वाणिका कारण सामान्य वादविवाद आईपर्न सक्नेछ । नजिकका साथीभाइहरुसँग सामान्य मनमुटाब हुन सक्ने छ । शारीरिक अस्वस्थताको सामना गर्नुपर्ला । गरिरहेको कार्य क्षेत्र परिर्वतनको सम्भावना रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मान्यजनको साथ सहयोगको कमि महसुस गरिने छ । भौतिक स्राेत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रेम सम्बन्धमा सुधार आउनुका साथै जीवन साथीको सहयोमा कार्य सम्पादनमा मद्दत मिल्नेछ । व्यापार व्यवसायमा साझेदारी नगरे कै बेश हुनेछ । शारीरिक आलस्यताले सताउने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाईदा रहला । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । घर परिवारबाट टाँढा भएको अनुभूति हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा अघि नबढ्नुहोला ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय व्यक्तिसँगकाे भेटघाटले मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । सामान्य संघर्ष  पश्चात् मनग्य आम्दानीका स्राेतहरु फेला पर्ने छन् । विद्यार्थी वर्गका लागि दिन उत्तम रहने छ । रचनात्मक कार्यको क्षेत्रबाट आफूँलाई अब्बल तुल्याउन सकिने समय रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पारिवारिक मेलमिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुनसक्छ । व्यापार व्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । प्रतिक्षा गरिएको कार्यको उत्तम प्रतिफल प्राप्त हुनाले मन हर्षित रहने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
निर्णय गर्ने क्षमतामा कमि आउने छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहशको कमि आउने छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कामहरू सजिलै बन्ने छन् । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । मित्रजनहरुको अधिक निकटता सामान्य झन्झटीलो साबित हुन सक्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वाणिको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सिकार भईनसक्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । विद्या प्राप्तिकाे योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । स्थीर क्षेत्रमा गरिएको लगानीको उत्तम प्रतिफल प्राप्त रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *