आज श्री शाके १९४४ बि. स. २०७९ चैत्र १० गते इश्वी सन् २०२३ मार्च २४ तारीख शुक्रबार चैत्र शुक्ल पक्ष तृतीया तिथि अश्विनी नक्षत्र वैधृती योग तैतिल करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा वज्र योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु मत्स्य जयन्ती मत्स्यअवतार मच्छेगाँउमा नारायण मेला मन्वादि गौरीव्रत विश्व क्षयरोग दिवस (ज्यो.प. सरोज घिमिरे)
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कामहरू सहजरूपमा बन्ने छन् । पारिवारिक कलहको सामना गर्नुपर्ला । सबारी साधनको प्रयोमा विशेष साबधानी अपनाउनुपर्ने समय रहेको छ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनुपर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहसकाे कमि हुनेछ ।
बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
जीवन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहने छ । अनावश्यक खर्च तथा लगानीका क्षेत्रमा सजग रहनुपर्ने योग रहेको छ । नजिकका मित्र तथा दाजुभाइहरुसँगको सम्बन्धमा वैमश्यता उत्पन्न हुन सक्नेछ । स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो हुनेछ ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाईदा रहला । नयाँ कार्यको प्रारम्भले मन प्रशन्न रहने छ । शारीरिक आलस्यताले अध्ययन अध्यापनको क्षेत्रमा नकरात्मक प्रभाव पार्ने समय रहेको छ । शत्रु परास्त्र हुने छन् भने शुभ चिन्तकहरूकाे वृद्धि हुनेछ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फँसिनेछ । पारिवारिक साथ सहयोगबाट भने अधुरा कार्य सम्पादनमा गर्न सजिलाे हुने छ । सभासम्मेलनजन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाईँको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारिक झोर झमेलाको सम्भावना रहेको छ । स्मरणीय यात्राको सम्भावना रहेको छ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाइदा रहला ।
कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खानपानको क्षेत्रमा सजग रहनु उत्तम रहने छ । सामान्य चोट पटकको सम्भावना रहेता पनि मित्रजनहरुको साथ सहयोगद्वारा व्यक्तित्व विकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानीका क्षेत्रमा वृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नुपर्ने हुन सक्छ, सजग रहनुहोला ।
तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भौतिक साेत साधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रेम सम्बन्धमा सुधार आउने छ । जीवन साथीको सहयोगमा कार्य सम्पादनमा मद्दत मिल्ने छ । मान्यजनबाट प्राप्त हुने साथ सहयोगको कमि महसुस हुनेछ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।
बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यमा भने सामान्य समस्या देखा पर्नेछ । मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाइको सामना गर्नुपर्ने छ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । असम्बन्धित व्यक्तीको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । खराब संगतका कारण सामान्य अप्जस सहनुपर्ला । मनोरञ्जनमुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय व्यक्तिसँगकाे भेटघाटले मन प्रशन्न रहनेछ । पारिवारीक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । वाैद्धिक व्यक्तित्वसँग भेटघाटको अवसर जुट्ने छ । सामान्य संघर्ष पश्चात्र मनग्य आम्दानीका स्राेतहरु फेला पर्नेछन् । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्यक्षेत्रमा सामान्य ढिलाइको सामना गर्नुपर्ने हुन सक्छ ।
मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्ने छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुनसक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागिता जनाउने समय रहेको छ ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
निर्णय गर्ने क्षमतामा कमि आउने छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमि हुनेछ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्तजनसँग भेटघाट हुन सक्ने सम्भावना रहेको छ । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।
मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य चोटपटकको सिकार भइन सक्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । विद्या प्राप्तिकाे योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । असम्बन्धित व्यक्तिको पूर्णरूपमा विश्वास नगर्नु नै राम्रो रहने छ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।