दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् चैत्र ८ गते बुधबारको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ चैत्र ८ गते इश्वी सन् २०२३ मार्च २२ तारीख बुधबार । चैत्र शुक्ल पक्ष प्रतिपदा तिथि उत्तरभाद्रपदा नक्षत्र शुक्ल योग किंस्तुघ्न करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा लुम्ब योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु चोभारमा आदिनाथ स्नान, वात्सरारम्भस् तैलाभ्यङ्ग (तेल लगाउने र निमको पात खाने) पञ्चक भद्रकालीपिठमालिङ्गपातन, बैतडी विश्वनाथमन्दिरमा कोतिहोम मेला प्रारम्भ, विश्व जल दिवस (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साझेदारीकाे काममा विशेष सजग रहनुहोला । नयाँ कार्यको थालनी गर्न राम्रो समय रहेको छ । आफूभन्दा सानाको सहयोगमा गरिएका काममा मनग्य लाभ प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नाले ईष्टमित्रको साथ मिल्नेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । कला कौशलका क्षेत्रमा खर्चिएको समय उत्तम रहनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सम्पादित कार्यहरुका क्षेत्रमा सामान्य झन्झट आईपर्ने छ । मान्यजन तथा पारिवारिक साथ सहयोगमा कमि हुने अवस्था रहेकाे छ । भौतिक साधनको प्रयोगमा विशेष ध्यान दिनु राम्रो रहनेछ । विद्या तथा वाैद्धिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । सवारी साधनको प्रयोमा ध्यान पुर्याउनुहोला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
काम काजको क्षेत्रमा भने विशेष सजग रहनुहोला, अपजस आईपर्ने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आँट र साहशमा वृद्धि भएता पनि साथीभाइहरु टाँढिएको अनुभव हुन सक्ला । मनोरञ्जनमुलक यात्राको सम्भाबना रहेको छ । अपरिचित व्यक्तिकाे विश्वासमा नपरेकै बेश हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बोलीको गलत अर्थ लाग्नसक्ला, तसर्थ वाणिमा ध्यान दिनुहोला । संचित रकम खर्च हुन सक्ने छ । खानपानमा विशेष ध्यान दिनुहोला । सामान्य चोट पटक वा स्वास्थ्य सम्बन्धि समस्याको सामना गनुपर्नेछ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य वादविवादको झमेलामा फँसिने सम्भाबना रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यापार व्यवसायमा सामान्य समस्या देखा पर्न सक्नेछ । खुट्टा तान्ने व्यक्तिहरुको संख्यामा वृद्धि हुनाले कार्य सम्पादनमा विशेष होशियार हुनुपर्ने छ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । खानपानमा रुचि जाग्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । तपाईँको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खुट्टा तान्ने व्यक्तिहरुबाट बच्नु पर्ने समय रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय र परीश्रम खर्चनु पर्नेछ । आर्थिक अभाबको सामन गर्नुपर्ला । मनमा सामान्य चिन्ताले बास गर्नेछ । खानपानको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेको छ । कार्यक्षेत्रमा अरुको दवाबको महसुस हुनेछ । सामान्य आर्थिक अभाब झेल्नुपर्ला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तपाईँको कार्य कुशलताले अरु व्यक्तिलाई मोहित बनाउन सक्छ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । आम्दानीका स्रोतहरु फेला पर्नाले मनमा उत्साह छाउने छ । अरुको भर पर्नाले सामान्य झन्झट ब्यर्होनुपर्ला । आफुभन्दा सानाको सहयोगमा गरिएका कामबाट मनग्य लाभ प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नाले ईष्टमित्रको साथ मिल्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सबारी साधनको प्रयोगमा विशेष ध्यान दिनुहोला । सभासम्मेलनमा सहभागी हुन सक्ने योग रहेको छ । मानसम्मान प्राप्तिको सम्भावना रहेको छ । व्यापार व्यवसायमा समय राम्रो रहेको छ । आम्दानी मध्यम रहला । विद्या तथा वाैद्धिक क्षेत्रमा भने राम्रो समय रहेको छ । सबारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु पर्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आँट तथा साहशमा वृद्धि हुनाले तपाईँका विपक्षीहरू कमजोर रहने छन् । सामान्य यात्रा हुन सक्ला । मित्र तथा दाजुभाइ बिचको सम्बन्धमा सुधार आउने छ । श्रम र परिश्रमको राम्रो कदर हुने योग रहेको छ । नसोचेका क्षेत्रमा सामान्य खर्च हुनाले मनमा खिन्नता पैदा हुनेछ । आँट र साहशमा वृद्धि भएता पनि साथीभाइहरू टाँढिएको अनुभव हुन सक्ला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खानपानको क्षेत्रमा विशेष ध्यान दिनुहोला । आजको लगानी भोलिका निम्ति फाइदाजनक हुनेछ । अरुको भर पर्दा कार्यक्षेत्रमा सामान्य अप्जस आउन सक्छ । सामान्य चोट पटक वा स्वास्थ्य सम्बन्धि समस्याको सामना गर्नुपर्नेछ । नजिकका मित्रजनहरुको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुको विश्वासमा नपर्नु नै उत्तम रहने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
मानसिक चन्चलताले गर्दा कार्य दिगो नरहन सक्छ । पारिवारिक झोर झमेलाले सताउन सक्छ । तपाईँको कार्यको फाईदा अरुले सहजै लिन सक्नेछन् । तपाईँको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ । अधुरा कार्य सम्पादनका निम्ति समय उत्तम रहने छ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भावना रहने छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अरुको विश्वास गर्नाले धोका हुन सक्छ । खुट्टा तान्ने व्यक्तिहरुबाट बच्नु पर्ने समय रहेको छ । पारिवारिक झोर झमेलाले सताउन सक्छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । तात्कालिन आर्थिक अभावको सामना गर्नुपर्ने छ । नजीकका व्यक्तिहरूबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *