अब प्रदेश सरकारहरु पनि पुनर्गठन हुन्छन्ः प्रधानमन्त्री

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सरकारहरु पनि पुनर्गठन हुने बताएका छन् । मंगलबार गोरखा पुगेका प्रधानमन्त्रीले आफूले विश्वासको मत पाएकाले अब केन्द्र र प्रदेश सरकार पुनर्गठन हुने बताएका हुन् ।

उनले प्रदेश सरकारमा आलोपालो प्रणाली हुने बताए । उनले भने, ‘प्रदेश सरकारहरु गठन, पुनर्गठन गर्ने कुरामा पनि हामीले सबै प्रदेशमा आलोपालो प्रणालीद्वारा प्रदेश सरकारलाई पूर्णता दिन्छौं अनि जनताका विकास निर्माण र समृद्धिका आकांक्षा सम्बोधन गर्ने एकीकृत रुपमा अगाडि बढाउँछौं।’

प्रधानमन्त्रीले आफू सरकारलाई पूर्णता दिने प्रक्रियामा रहेको र दलहरुबीच गम्भीर छलफल भइरहेको बताए । उनले भने, ‘अब हामी केन्द्र र प्रदेश सरकारलाई पूर्णता दिने प्रक्रियामा छौं। आज बिहानबाटै नेपाली कांग्रेसलगायत अन्य दलसँग गम्भीर छलफल सुरु भएको छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *