सरकारमा सहभागिताका लागि गृहकार्य गर्न एकीकृत समाजवादीद्वारा कार्यदल गठन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुनका लागि तयारी गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा कार्यदल बनाएको छ।

मंगलबार बसेको पार्टीको सचिवालय बैठकले अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल बनाएको हो । कार्यदलमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल छन् ।

सत्ता साझेदारीलाई अघि बढाउन र विभिन्न विषयमा अन्य दलसँग छलफल गर्न कार्यदल बनाएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । कार्यदलले केन्द्रदेखि प्रादेशिक सरकारसम्मकाबारेमा छलफल गरेर निर्णयमा पुग्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *