थ्री नेसन्स कप खेल्न लाओसको टोली नेपालमा

काठमाडौं । काठमाडौं हुने प्रधानमन्त्री कप थ्री नेसन्स कप फूटबल प्रतियोगिता खेल्न लाओसको राष्ट्रिय फूटबल टोली नेपाल आइपुगेको छ । लाओसको टोली सोमबार दिउँसो नेपाल आइपुगेको हो ।

अखिल नेपाल फूटबल संघ(एन्फा)का प्रवक्ता सुरेश शाहले भुटानी टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । भुटानी टोलीपनि आज बिहान नेपाल आइपुगेको हो ।

थ्री नेसन्स कप चैत ८ गतेदेखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । कपमा आयोजक नेपालसँगै भुटान र लाओसले सहभागिता जनाउँदैछन् ।

तिन देश सम्मीलित प्रतियोगिताको शीर्षदुई स्थानमा रहने टोलीले उपाधिका लागि खेल्नेछन् । एन्फाले प्रतियोगिताका लागि साधारणतर्फ ५ सय र भिआइपी प्यारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर छुट्टाइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *