थ्री नेसन्स कप खेल्न भुटानी टोली नेपालमा

काठमाडौं । काठमाडौं हुने प्रधानमन्त्री कप थ्री नेसन्स कप फूटबल प्रतियोगिता खेल्न भुटानी राष्ट्रिय फूटबल टोली नेपाल आइपुगेको छ । भुटानी टोली सोमबार बिहान नेपाल आइपुगेको हो ।

अखिल नेपाल फूटबल संघ(एन्फा)का प्रवक्ता सुरेश शाहले भुटानी टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

थ्री नेसन्स कप चैत ८ गतेदेखि १७ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । कपमा आयोजक नेपालसँगै भुटान र लाओसले सहभागिता जनाउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *