दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् चैत्र ३ गते शुक्रबारको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ चैत्र ३ गते तद्अनुसार इश्वी सन् २०२३ मार्च १७ तारीख शुक्रबार । चैत्र कृष्ण पक्ष दशमी तिथि उत्तराषाढा नक्षत्र परिघ योग गर करण चन्द्रमा धनु राशिमा पश्चात मकर राशिमा आनन्दादि योगमा आनन्द योग नल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कार्य थालनीको योग रहेको छ । भूमी तथा वाहन सम्बन्धि समस्याले सताउने छ । सामान्य कार्य सम्पादनमा अधिक श्रम खर्चनुपर्ने छ, साथै सामान्य अपजस खेप्नुपर्ला । पारिवारिक स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । आफन्तजनको साथ सहयोगमा कमि आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
माल सामान हराउन सक्ने सम्भाबना रहेको छ । अपरिचित व्यक्तिहरूकाे विश्वासमा नपरे कै बेश रहने छ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन् । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आँट शाहसको कमिले कार्यमा ब्यबधान आउला । प्रतिपक्षीहरू सबल रहनाले तपाईँलाई आफ्ना कमजोरीको महसुस हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
खानपानका क्षेत्रमा विशेष सजग रहनु उत्तम रहने छ । मान्यजनहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य वादबिवादको झमेलामा फसिने सम्भाबना रहेको छ । व्यापार व्यवसाय मध्यम रहला । साझेदारीका काममा लगानी नगरै कै बेश हुनेछ । आफन्तजनसँगको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । व्यापार व्यवसायका निम्ति उत्तम समय रहेको छ । मानसिक चन्चलताका कारण गरिरहेका कार्यमा सामान्य ढिलाइको सम्भाबना रहेको छ । आर्थिक क्षेत्र मध्यम रहने छ । दाजुभाइ तथा मित्रजनहरुसँगको सम्बन्ध टाढिन सक्छ । परिवारका कोही सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्यको गडबढीका कारण सामान्य खर्चको सम्भाबना रहेको छ । कार्य क्षेत्रमा अरुको दबाबको महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरुसँगको भेटघाट पश्चात सामान्य यात्राको योग रहने छ । शत्रु सबल रहनाले कुरा काट्नेहरुको संख्यामा वृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नुपर्ला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययन अध्यापनका निम्ति अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेको छ । वाैद्धिक व्यक्तित्वहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेको छ । नयाँ लगानीका लागि उत्तम समय रहेको छ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । यात्रा फाइदामुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भौतिक स्राेत साधनका प्रयोगमा समय ब्यतित रहला । कार्य क्षेत्रमा गरेकाे त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेको छ । व्यापार व्यवसायमा समय मध्यम रहने छ । मान प्रतिष्ठा प्राप्तिको योग रहेको छ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नुपर्ला । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अधिक आत्मविश्वास तथा घमण्डका कारण मित्र तथा दाजुभाइसँगको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्य क्षेत्रमा भएको त्रुटिको अपजस तपाईँले खेप्नु पर्नेछ । मान्यजनको सहयोगमा गरिएका कार्यले दीगो फाइदा दिलाउने छ । पारिवारिक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अनावश्यक खर्चको सम्भाबना रहेको छ । खानपानको गडबडीका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । शारीरिक आलस्यातले गर्दा गरिरहेको कामको क्षेत्रमा अपजस सहनुपर्ला । खानपानमा विशेष ध्यान दिनुपर्ने समय रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अधुरा कार्य सम्पादनका निम्ति समय उत्तम रहने छ । शारीरिक आलस्यताका कारण कार्य क्षेत्रमा अपजसको सम्भाबना रहने छ । पारिवारका सदस्यहरुमध्ये कसैको स्वास्थ्यमा समस्या उत्पन्न हुन सक्नेछ । जीवन साथीको सहयोगमा गरिएका व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । अन्य ब्यक्तिको पूर्ण विश्वास नगर्नुहोला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नजिकका व्यक्तिहरूबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्ने छ । झुटा आरोपको सम्भाबना रहेको छ । स्वास्थ्य क्षेत्रको समस्या जटिल बन्ने योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ, विशेष ध्यान दिनुहोला । अरुको कुरामा विशेष ध्यान नदिनु होला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शुभ चिन्तकहरुको साथ सहयोगमा आर्थिक क्षेत्र सबल बन्नेछ । पुराना मित्रजनसँगको भेटघाटले मन हर्षित रहला । विद्या तथा सन्तान सुख प्राप्ति हुने योग रहेको छ । आय आर्जनमा वृद्धि गर्नका लागि तपाईँले बढी परिश्रम गर्नुपर्न सक्छ । वाैद्धिक क्षेत्रको विकाशले तपाईँको मान सम्मानमा वृद्धि गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *