एजेन्सी । साविक विजेता रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा इंग्लिस क्लब लिभरपुललाई १-० ले तथा समग्रमा ६-२ गोलले हराउँदै म्याड्रिड क्वाटरफाइनलमा पुगेको हो ।
इस्टाडियो सान्टियागो बेर्नाबेउमा भएको खेलमा म्याड्रिडलाई जीत दिलाउन करिम बेन्जिमाले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७८ औं मिनेटमा भिनियस जुनियरको पासमा बेन्जिमाले गोल गर्दै म्याड्रिडलाई खेलमा १-० को र समाग्रमा ६-२ गोलको जीत दिलाएका हुन् ।
दुई टोलीबीचको पहिलो लेगमा म्याड्रिड ५-२ गोलले विजयी भएको थियो । जीतसँगै म्याड्रिड क्वाटरफाइनलमा प्रवेश गर्दा लिभरपुल प्रतियोगिताबाट बाहिरिएको छ ।