दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् चैत्र २ गते बिहीबारको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ चैत्र २ गते इश्वी सन् २०२३ मार्च १६ तारीख बिहीबार । चैत्र कृष्ण पक्ष नवमी तिथि पूर्वाषाढा नक्षत्र ब्यतीपात योग गर करण चन्द्रमा धनु राशिमा आनन्दादि योगमा धाता योग नल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बल तथा पराक्रममा वृद्धि हुनेछ । साथीभाइहरुको साथ सहयोगमा जटिल कार्यहरु सम्पादन हुने छन् । धार्मिक यात्राको सम्भाबना रहेको छ । कार्य क्षेत्रमा गरिएकाे लापरवाहीका कारणा माल सामान हराउन सक्ने तथा सामान्य अपजसको सामना गर्नुपर्ला । भौतिक साधनका क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
वाणिका कारण आफन्तजनहरुसँगको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्ने छ । भोजभतेर जन्यकार्यमा सहभागिताको अवसर जुट्नेछ । स्वास्थ्यमा सामान्य समस्या देखापर्ने सम्भाबना रहेको छ । सामान्य कार्यका निम्ति अधिक श्रम खर्चनु पर्नेछ । आम्दानीका स्राेत फेला परेता पनि शारीरिक आलस्यताले भने सताउँनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
पारिवारिक साथ सहयोगद्वारा व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ । गरिरहेका काममा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । सभासम्मेलनजस्ता समाराेहमा सहभागिताको अवसर जुट्ने छ । गरिरहेको कार्यका क्षेत्रमा सामान्य वादविवादको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । प्रेम सम्बन्धमा भने प्रगाढता छाउनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेको छ । यात्रा गर्दा विशेष साबधानी अपनाउनु उत्तम हुनेछ । प्रतिस्पर्धात्मक काममा अब्बल स्थान प्राप्त रहने योग रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ लगानीका निम्ति समय उत्तम साबित रहने छ । आयआर्जनका विभिन्न स्राेतहरु फेला पर्ने छन् । विशिष्ट व्यक्तिहरुको साथ सहयोगमा नयाँ कार्यको प्रारम्भ हुने योग रहेको छ । अध्ययन अध्यापनमा अधिक समय ब्यतित गर्नुपर्ने छ । आफूभन्दा सानाको स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना समेत रहने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक स्राेत साधनकाे प्रयोगमा समय ब्यतित रहने छ । स्थीर क्षेत्रमा गरिएको लगानी उत्तम साबित रहने छ । सभासम्मेलन तथा सामाजिक कार्यमा अग्रसर रहने योग रहेको छ । मान्यजनहरुको साथ सहयोगमा कमि महसुस रहने छ । गरिरहेको कार्यक्षेत्रबाट मान सम्मान प्राप्तिको योग बन्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
विश्वासिला मित्रजनहरुबाट धोका हुन सक्ने छ । गरिरहेका कार्यमा सामान्य तनावको सामना गर्नुपर्ने छ । सबारी साधनको यात्रामा विशेष सजग रहनुहोला । प्रतिस्पर्धात्मक काममा अब्बल स्थान प्राप्त रहने छ । सामाजिक कार्यको विशेष दायित्व हात लाग्ने सम्भाबना रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्थीर क्षेत्रमा लगाइएको आजको लगानी भोलिका निम्ति फाईदाजनक हुनेछ । आफन्तजनसँगको भेटघाटले मन प्रशन्न रहला । सभा सम्मेलनजस्ता समाराेहमा सहभागीताको योग रहेको छ । खानपानमा विशेष साबधानी अपनाउनुहोला । अरुको अनुशरणले तपाईँलाई सामान्य झन्झट वा अपजस दिलाउन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तपाईँको सरल मिजासले मित्रजनहरु आकर्षित हुने योग रहेको छ । जीवन साथीको सहयोगले व्यापार व्यवसायमा सुधार आउने छ । नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ । पठनपाठनको क्षेत्रमा समय मध्यम रहेको छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहनेछ । पारिवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मित्रजनको साथ सहयोगमा कमि महसुस हुनेछ । पारिवारिक मेलमिलापमा सुधार आउनेछ । व्यापार व्यवसायमा सोचेअनुरुपको लाभ प्राप्त नहोला । मानसिक चन्चलताको सामना गर्नुपर्ने छ । परिवारका सदस्यहरुबाट टाढाँ भएको महसुस हुनेछ । सामान्य खर्च हुने दिन रहने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
आयआर्जनका निम्ति उत्तम समय रहेको छ । साझेदारी तथा नयाँ कार्यको थालनी भने दीर्घकालीन नरहला । अध्ययन अध्यापनका निम्ति समय उत्तम रहने छ । मान्यजनहरुको साथ सहयोगमा विशेष कार्यहरु सम्पादित रहने छन् । शीपमूलक कार्यका क्षेत्रबाट दीर्घकालीन आम्दानी हुनेछ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कार्य सम्पादनमा दृढताको कमिले अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । स्वास्थ्यका क्षेत्रमा भने सामान्य सुधार आउनेछ । परिवारका सदस्यहरुसँग क्षणिक बियोगको सम्भाबना रहेको छ । प्रतिस्पर्दाजन्य कार्यमा सजग रहनु उत्तम रहने छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *