अष्ट्रेलियाका एक पूर्वप्रधानमन्त्रीले चीनलाई लक्ष्य गरेर भएको आणविक पनडुब्बी सम्झौताले ‘घातक परिणाम’ निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।
पूर्वप्रधानमन्त्री पाउल किटिङले सोमबार संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको सम्झौतालाई ‘ठूलो दुस्साहस’ एवम् गम्भीर त्रुटी भएको बताएका हुन् । सम्झौताका कारण अष्ट्रेलिया द्वन्द्वमा फस्न सक्ने र त्यसले घातक परिणाम निम्त्याउन सक्ने बताए ।
सन् १९९१ मा लेबर पार्टीबाट प्रधानमन्त्री बनेका उनले बिना सोचविचार अष्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतको अनुशरण गरेको उल्लेख गर्दै चीनबाट कुनै किसिमको सैन्य जोखिम नभएको टिप्पणी गरेका छन् ।
पूर्वप्रधानमन्त्री किटिङले विदेशीको उक्साहटमा गरिएको सम्झौताले जोखिम निम्त्याउने भन्दै ‘चीनले सिड्नी र मेलबर्नलाई सैन्य परिचालन गरेर कब्जा गर्न खोज्दा के हुन्छ?’ प्रश्न गरेका छन् । अमेरिका र बेलायत अष्ट्रेलियालाई सहयोग गर्न नआउने आशय उनले व्यक्त गरेका छन् ।