काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत भएको विभागीय डर्बीमा नेपाल एपीएफ क्लब विजयी भएको छ । बुधबार दिउँसो भएको खेलमा त्रिभुवन आर्मी फूटबल क्लबलाई १-० गोलले हराउँदै एपीएफले लिगमा दोस्रो जीत निकालेको हो ।
च्यासल मैदानमा भएको खेलमा एपीएफलाई जीत दिलाउन मणि कुमार लामाले निर्णायक गोल गरे । पहिलो हाफको ३७ औं मिनेटमा विपिन श्रेष्ठको क्रसमा मणिले गरेको गोलनै एपीएफको जीतमा निर्णायक बन्यो ।
जीतसँगै एपीएफले ४ खेलबाट ७ अंक जोडेको छ । पराजीत आर्मीको ४ खेलबाट ५ अंक छ ।