एकदिवसीय वरीयतामा नेपालको सुधार

काठमाडौं । नेपाली क्रिकेट टोलीले नयाँ एकदिवसीय विश्व वरियतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजानिक गरेको  नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १६ औँ स्थानमा उक्लिएको हो ।

जारी आईसीसी विश्वकप लिग-२ को सिरिजमा उत्कृष्ट लयमा रहेको नेपाल १७ औं स्थानबाट १६ औं स्थानमा रहेको उक्लिएको हो ।  एक महिना अगाडि नेपाल १९ औं स्थानमा रहेको थियो । त्यसपछिको ११ खेलमा १० जीत निकालेको नेपालले वरीयतामा ठुलो फड्को मारेको हो ।

नेपालभन्दा पछि नामिबिया १७ औँ, अमेरिका १८ औँ, यूएई १९ औँ र पपुवा न्युगिनी २० औँ स्थानमा छन् । वरियतामा शीर्ष स्थानमा भारत यथावत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *