काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री दाहाल प्रचण्डले विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षरकर्ता वा नेतृत्वकर्तामाथि कसैले नकारात्मक सोच राखे त्यो सफल नहुने बताएका छन् ।
सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको छैटौं राष्ट्रिय महाविधेशन उद्घाटन गर्दै प्रधानमन्त्रीले आफूविरुद्ध मुद्दा दर्ता हुँदा तरंग पैदा भएपनि माओवादीलाई भने एकतावद्ध हुन मद्दत पुगेको बताए ।
उनले मुद्दा दर्ता सम्बन्धी रिट पर्नुलाई आफूले शान्ति सम्झौतासम्बन्धी ऐनलाई अघि बढाउनुपर्ने कामका रुपमा लिएको बताए । उनले अदालतको फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर नगएकाले चिन्तित हुनु नपर्ने बताए ।
उनले भने, ‘अहिले पनि कहीँ कतैबाट विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षरकर्ता वा नेतृत्वकर्तामाथि कसैले नकारात्मक सोच राखेर नकारात्मक क्रियाकलाप गरे त्यो सफल हुँदैन । जनता नै सफल हुन्छन् । सर्वोच्चमा मुद्दा परेपछि प्रधानमन्त्री नै केही हुन लागेको हो की भनेर देशभर ठूलो तरंग पैदा भयो । यो हामीलाई सहयोग गर्ने कुरा नै भइरहेको छ भन्ने थियो । विभाजित माओवादीलाई एक ठाउँमा आउ, छिटो भन्दा छिटो ऐन अघि बढाउ भन्ने बुझेँ, तत्काल मन्त्रिपरिषद् बोलाएर संसदमा दर्ता गराएँ । अदालतको फैसला पनि शान्ति सम्झौता भन्दा बाहिर गएन त्यसको पक्षमा नै आयो । हामी चिन्तित हुन पर्दैन तर सतर्क हुनुपर्छ ।’