सैनिक कारबाहीमा इराकमा आईएसका २२ लडाकूको मृत्यु

इराकको पश्चिमी प्रान्त अन्बारमा भएको कारबाहीमा केही नेताहरूसहित २२ इस्लामिक स्टेटका लडाकू मारिएका इराकी सेनाले जनाएको छ ।

इराकी काउन्टर–टेररिजम सर्भिसका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुल वहाब अल–सादीका अनुसार दुई चरणमा हवाई सेनाले रुत्बा सहरबाट करिब चार सय किलोमिटर पश्चिम उत्तरमा रहेको दुर्गम क्षेत्रमा कारबाही गरेको थियो ।

मारिएका सबै लडाकूहरूले विस्फोटक बेल्ट लगाएका थिए भने मारिएकाहरूमा केही वरिष्ठ नेताहरू पनि रहेका छन् । पछिल्लो समय इराकी सुरक्षा बलहरूले चरमपन्थी लडाकूहरूविरुद्ध तिनीहरूको तीव्र गतिविधिलाई रोक्नका लागि अपरेसनहरू सञ्चालन गरेका छन् ।

सन् २०१७ आईएसको पराजय पछि इराकको सुरक्षा स्थितिमा सुधार भइरहेको छ । यद्यपि सहरी केन्द्रहरू र दुर्गम क्षेत्रहरूमा लुकेर सुरक्षा बल र नागरिकहरूविरुद्ध बारम्बार छापामार आक्रमणहरू गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *