आज नेपाल र पीएनजी भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग-दुई को त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत आज हुने खेलमा घरेलु टोली नेपाल र पीएनजी भिड्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल बिहान ९३० बजे शुरु हुनेछ ।

आज हुने खेलमा नेपाल पीएनजीलाई हराउँदै सिधै विश्वकप छनोट खेल्ने सम्भावना जीवित राख्न चाहन्छ । आइतबार भएको खेलमा युएईलाई हराउँदै एकदिवसीय मान्यता जोगाएको नेपालको अबको नजर विश्वकप छनोटमा हुनेछ । अबको बाँकी दुई खेल आफ्नो पक्षमा पार्न सके नेपालले सिधै विश्वकप छनोट खेल्नेछ । घरेलु मैदानमा भएको पछिल्लो ६ एकदिवसीयमा नेपाल अपराजीत रहेको छ भने पछिल्लो १० एकदिवसीयमा ९ खेल जितेको छ । हाल नेपाल ३४ खेल बाट ३६ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ ।

यता पीएनजीपनि आज नेपाललाई घरेलु दर्शकमाझ स्तब्ध बनाउने लक्ष्यमा रहेको छ । युएईविरुद्धको पछिल्लो ४ भेटमा सबै खेल जितेको पीएनजी उच्च मनोबलमा रहेको छ । हाल पीएनजी ३४ खेलबाट ११ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *