दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् फागुन २८ गते आइतबारको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ फागुन २८ गते तद्अनुसार इश्वी सन् २०२३ मार्च १२ तारीख आइतबार । चैत्र कृष्ण पक्ष पञ्चमी तिथि विशाखा नक्षत्र व्याघात योग कौलव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा लुम्ब योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कार्य थालनीको सम्भाबना रहेको छ । सभासम्मेलन जस्ता समाराेहमा सामान्य मानसम्मान प्राप्तीको सम्भाबना रहेको छ । पारिवरिक सुख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । मनोरञ्जनका क्षेत्र र साधनका क्षेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । जीवन साथीको साथ सहयोगद्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहने छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सामान्य आर्थिक अभावको सम्भाबना रहेको छ । परिवारका सदस्यहरुबाट टाढा भएको महसुस हुनेछ । कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निराशापूर्ण ब्यतित रहने छ । सामाजिक कार्यमा सहभागिता जनाउने अवसर प्राप्त रहने छ । प्रतिस्पर्धाजन्य कार्यमा विशेष सजग रहनुहाेला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने छ । आम्दानीका दीर्घकालिन स्राेतहरु फेला पर्ने छन् । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँ कार्य थालनीको अवसरसमेत प्राप्त हुनेछ । वाैद्धिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा विशेष फाईदा हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्थिर क्षेत्रमा गरिएको लगानी उत्तम साबित रहने छ । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । आम्दानी मध्यम रहने समय रहेको छ । कार्य क्षेत्रमा शारीरिक आलस्यताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बल तथा पराक्रममा  वृद्धि हुने योग रहेको छ । नयाँ मित्रजनहरुसँगको भेटघाटले मन प्रशन्न रहने छ । गरिरहेको कार्यमा ब्यवधान उत्पन्न गराउनेहरुको वृद्धि हुनेछ । तपाईँद्वारा सम्पादित कार्यको श्रेय अन्य ब्यक्तिहरुले प्राप्त गर्ने छन् । शारीरिक आलस्यताले सताउन सक्नेछ । लगानी गर्दा विशेष होस पुर्याउनुपर्ने समय रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्यका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेको छ । विश्वासिला ब्यक्तिहरुबाट सामान्य धोका हुन सक्नेछ । वाणिमा मधुरता छाउनाले प्रतिस्पर्धीहरू शुभ चिन्तक बन्ने छन् । स्थीर क्षेत्रमा गरिएको लगानी उत्तम साबित रहने छ । भौतिक स्राेत साधनको प्रयोगमा समय ब्यतित रहने छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
गरिरहेको कार्यमा सामान्य ढिलाई रहेता पनि कार्य सम्पादित भने रहने छ । ब्यापार ब्यवसायमा समय उत्तम रहेको छ । पारिवारिक साथ सहयोग प्राप्त रहने छ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । स्वास्थ्यका क्षेत्रमा सामान्य सुधारको योग रहेको छ । भोज भतेरजन्य कार्यमा सहभागीताको समय रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । तात्कालीन अवस्थामा आर्थिक अभाबको सामना गर्नुपर्ने छ । भोग बिलासमा समय ब्यतित रहने छ । सामान्य यात्राको सम्भाबना रहेको छ । मित्रजनहरुको साथ सहयोग प्राप्त रहने छ । मनको चन्चलताले कार्य क्षेत्रमा ब्यबधान प्राप्त हुने छ । तपाईँको कार्यको फाईदा मित्रजनले प्राप्त गर्ने छन् ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
वाेद्धिक ब्यक्तित्वहरुको साथ सहयोग प्राप्त रहने छ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । आय आर्जनका निम्ति समय राम्रो रहेको छ । आम्दानीका विभिन्न स्राेतहरु फेला पर्ने छन् । खानपानमा साबधानी उत्तम रहने छ । मित्रजनहरुको साथ सहयोग प्राप्त रहने छ । सन्तान सुख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनुपर्ला् ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक कार्यमा जुट्ने समय रहेको छ । सभा सम्मेलनमा सामान्य मानसम्मानको प्राप्ती हुनेछ । मान्यजनहरुको स्वास्थ्यका कारण सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सबारी साधन तथा भौतिक साधनको प्रायोगमा साबधानी अपनाउनुहोला । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
धार्मिक क्षेत्रको यात्राको सम्भाबना रहेको छ । मित्र तथा दाजुभाइहरुसँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरुद्वारा गरिएका कार्यकाे त्रुटिका कारण तपाईँलाई सामान्य तनाव आईपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागे पनि सामान्य त्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईँको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन् ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
विश्वासिला व्यक्तिहरूबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । वाणिका कारण आफन्तजनहरुसँगको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुनुका साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *