दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् फागुन २७ गते आजको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ फागुन २७ गते तद्अनुसार इश्वी सन् २०२३ मार्च ११ तारीख शनिबार । चैत्र कृष्ण पक्ष चतुर्थी तिथि स्वाती नक्षत्र ध्रुव योग वणिज करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा सिद्धि योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्ने छ । व्यापार व्यवसायका क्षेत्रमा समय उत्तम रहेको छ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानीमा सजग रहनुहोला । पारिवारिक झोर झमेलाले सताउने छ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाइ हुन सक्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मान्यजनको साथ सहयोगमा गरिएका कार्य भने सफल रहलान् । नयाँ कार्य थालनीका निम्ति आँट र साहशमा कमि आउने छ । शारीरिक आलस्यले कार्य ढिलाइ हुन सक्छ । अरुको विश्वासमा गरिएका कार्यहरुमा सामान्य झण्झट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भाबना रहन सक्ने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
पारिवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नु पर्ला । आम्दानीका क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । वाैद्धिक व्यक्तित्वसँगको भेटघाटले मन हर्षित तुल्याउला । नयाँ कार्यको थालनीले आम्दानी सबल तुल्याउने छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिश्रमअनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुन सक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । कार्यको क्षेत्रका काममा विशेष ध्यान दिनुहोला । पारिवारिक साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ । वाणिको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मित्रजनको साथ सहयोग भरपुर रहने छ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नुपर्ला । व्यापार व्यवसायको क्षेत्र भने राम्रो रहेको छ । सामान्य यात्रा हुन सक्ने सम्भाबना रहेको छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भइनेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
वाैद्धिक क्षेत्रका व्यक्तित्वसँगको संगतद्वारा मन प्रशन्न रहला । खानपानको गडबडीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलीको कारण आफन्तजनहरु रुष्ट हुन सक्छन्र, सजग रहनुहोला । दीर्घकालीन फाइदामुलक काममा लगानी लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नुपर्ला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
साधारण चोट पटक लाग्न सक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीकाबीच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आँटको कमि रहला । व्यापार व्यवसायका माध्यमबाट आम्दानीका स्राेत सुदृढ बन्ने छ । साझेदारीकाे काममा हात नहाले कै बेस रहने छ । सभा सम्मेलनजन्य कार्यमा सहभागीता जनाउने अवसर मिल्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्रजनहरुको लागि साधारण खर्च हुन सक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्झट ब्यर्होनुपर्ला । व्यापार व्यवसायमा सामान्य हानी रहन सक्ने छ । कला कौशलको प्रयोगमा समय ब्यतित रहने योग रहने छ । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
हर कोहीको पुर्णविश्वास नगर्नु होला, धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानी नगरे कै बेश हुनेछ । मेहेनत र परीश्रमको कदर हुन सक्ने योग रहेको छ । मित्रजनको साथ सहयोय प्राप्त हुनेछ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानी अपनाउनु होला ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहन सक्छ । शारीरिक आलस्यताले सताउने छ । सभा समेलनमा सरीक हुने योग रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसिक तनाबको सामना गर्नुपर्ने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
दाजुभाइ तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्रा हुन सक्ने दिन रहेको छ । तपाईँको मेहेनतको फल अनायासै अरुलाई मिल्नेछ । गरिरहेको काममा सामान्य झन्झट सहनुपर्ला । लगानीको क्षेत्रमा सजग रहनुपर्ने दिन रहेको छ । कुरा काट्ने व्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा वृद्धि हुनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
शारीरिक अस्वस्थताका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नुपर्ने छ । मान्यजनको साथ सहयोग पूर्णरुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुने छ । माल सामानको क्षति ब्यहोर्नुपर्ला, सजग रहनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *