दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् फागुन २६ गते आजको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ फागुन २६ गते तद्अनुसार इश्वी सन् २०२३ मार्च १० तारीख शुक्रबार । चैत्र कृष्ण पक्ष तृतीया तिथि चित्रा नक्षत्र वृद्धि योग वव करण चन्द्रमा कन्या राशिमा पश्चात् तुला राशिमा आनन्दादि योगमा मुसल योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु नालायात्रा (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परोपकार तथा व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा गरिएको लापरबाहीले सामान्य झन्झट आइपर्ला । प्रेम सम्बन्धमा सुधार आउने छ । जीवन साथीको साथ सहयोगद्वारा आम्दानीका क्षेत्रमा मार्गदर्शन मिल्ने छ । भोग विलासका क्षेत्रमा समय ब्यतित हुन सक्छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परोपकारका क्षेत्रमा समय ब्यतित रहने छ । कुरा काट्ने व्यक्तिको कमि नरहला । बोल्दा सजग रहनुहोला, बोलीका कारण नजिकका मित्रजन रुष्ट हुन सक्छन् । स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सामान्य चुनौती पश्चात आम्दानी राम्रो रहने छ । वाैद्धिक व्यक्तित्वहरुको साथ प्राप्त हुनेछ । विद्या प्राप्तिकाे योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाडै क्रोधको सिकार भइने छ, सजग रहनुहोला । पारिवारिक समस्याले सताउन सक्छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भावना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा वृद्धि हुनेछ । आयमुलक कार्यको थालनी हुने छ । निर्णय गर्ने क्षमतामा वृद्धि हुने योग रहेको छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसिक तनाबको सामना गर्नुपर्ने छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरुसँगको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । दिन मध्यम रहने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ लगानीका क्षेत्रमा समय राम्रो छैन, सजग रहनुहोला । वाणिको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् । सामान्य चोटपटकको सिकार भइन सक्छ, सजग रहनुहोला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमतामा कमि आउने छ । नयाँ कार्य थालनीका निम्ति आँट र साहसमा कमि आउने छ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउने छ । खानपानका कारण स्वास्थ्यमा सामान्य खराबी देखा पर्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परोपकारका क्षेत्रमा समय ब्यतित रहनेछ । शत्रु वृद्धि हुन सक्छन् । मित्र तथा दाजुभाइ बिचको सम्बन्धमा खटपट रहन सक्ने सम्भाबना रहेको छ । शारीरिक आलस्यताले सताउन सक्नेछ । मान्यजनको स्वास्थ्यमा आएको खराबीका कारण सामान्य खर्चको सम्भाबना रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आयमूलक कार्यमा जुट्ने माध्यम फेला पर्ने छ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्ने छ । पारिवारिक सम्बन्धमा सुधार आउने छ । प्रतिस्पर्धामूलक कार्यमा विशेष सफलता प्राप्त हुने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । नेतृत्व गर्ने क्षमतामा वृद्धि हुने छ । मनमा चन्चलताले बास गरेता पनि व्यापार व्यवसायबाट राम्रो लाभ लिन सकिने छ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नाले दीगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
साथीभाइहरुसँगको खराब संगतका कारण सामान्य अपजस आइपर्ने छ । साझेदारीमा गरिएका काममा सामान्य झन्जट ब्यर्होनुपर्ला । धैर्य धारण गर्ने क्षमतामा वृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा विशेष साबधानी अपनाउनुहोला ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामान्य चोट पटकको सम्भावना रहेको छ । मनोविलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्ने छ, सञ्चित रकम खर्च हुने योग रहेको छ । वाणिको कारण दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्टमित्रबीच सामान्य वादबिवादको योग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *