प्रधानमन्त्रीविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ ।

प्रचण्डले द्वन्द्वकालीन हत्यामा ५ हजारको जिम्मा आफूले लिन्छु भनि दिएको अभिव्यक्तिलाई लिएर पीडितहरूले रिट दायर गरेका हुन् । अधिवक्ता ज्ञानेन्द्र आरणसहितले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो।

प्रशासनले दरपिठ गरेपछि निवेदकहरू इजलासमा पुगेका थिए । गत शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले रिट दर्ता गर्न आदेश गरेको थियो । उक्त आदेशपछि मंगलबार रिट दर्ता भएको थियो ।

उक्त रिटलाई खारेज गर्ने कि अघि बढाउने भन्ने आज हुने आदेशले तय गर्ने छ । यदि सर्वोच्चले पहिलो सुनुवाइमै खारेज गरेमा यो प्रक्रिया नै समाप्त हुने छ भने कारण देखाऊ आदेश जारी गरेमा अघि बढ्ने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *