एजेन्सी । इटालियन क्लब एसी मिलान ११ वर्षपछि युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । बुधबार राति इंग्लिस क्लब टोटेन्हाम हट्स्परविरुद्ध भएको अन्तिम १६ को दोस्रो लेग गोलरहित बराबरीमा सकिएपनि समाग्रमा १-० गोलको जीत निकाल्दै मिलान अन्तिम ८ मा पुगेको हो ।
टोटेन्हाम हट्स्पर स्टेडियममा भएको खेलमा दुवै टोलीले गोलको लागि प्रयास गरेपनि अवसरलाई सदुपयोग गर्न सकेनन् । दोस्रो हाफको ७७ औं मिनेटमा क्रिस्टेन रोमेरो रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि टोटेन्हाम १० खेलाडीमा समेटिएको थियो ।
यसअघि दुई टोलीबीचको पहिलो लेगमा एसी मिलान १-० गोलले विजयी भएको थियो । एसी मिलान सन् २०१२ पछि पहिलोपटक क्वाटरफाइनलमा पुगेको हो ।