दक्षिणकाली माताले सबैको कल्याण गरुँन, हेर्नुहोस् फागुन २५ गते बिहीबारको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ फागुन २५ गते बिहीबार तद्अनुसार इश्वी सन् २०२३ मार्च ९ तारीख चैत्र कृष्ण पक्ष द्वितीया तिथि हस्ता नक्षत्र गण्ड योग तैतिल करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा राक्षस योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिवारका सदस्यहरुबाट टाँढा भएको महसुस हुनेछ । शुभ चिन्तकहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रहने छन् । नयाँ लगानीका क्षेत्रमा विशेष सावधानी अपनाउनु उत्तम रहने छ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेको छ । कार्य सम्पादनका निम्ति गोप्यता आवश्यक रहने छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सन्तान सुख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनुपर्ला । नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ । वाैद्धिक क्षमतामा वृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । अरुको विश्वास गर्नाले धोका हुन सक्छ । आम्दानीका क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आइपर्ने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रेम सम्बन्धमा सुधार आउने छ । आम्दानी हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाइ हुन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनुपर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनुहोला । कार्य क्षेत्रमा सोचेअनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाइबीच मनमुटाब रहन सक्ला । कार्यक्षेत्रमा मन लागे पनि सामान्य त्रुटिले मानसिक चिन्ता दिलाउने छ । तपाईँको कमजोरीको फाइदा अरुले उठाउन सक्ने छन् ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बोलीको प्रभाबका कारण मान्यजनको साथ पाइने छ । खानपानको कारण स्वास्थ्य सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुनुका साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोगले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ । मातृपक्षको सहयोगले वाैद्धिक विकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
पारिवरिक सुख प्राप्त हुने छ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । मनोरञ्जनका स्राेत र साधनका क्षेत्र सामान्य खर्च बढ्न सक्ने छ । सामान्य यात्रा रहन सक्छ । भौतिक सुख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारिवारिका सदस्यहरूसँग मनोरञ्जन गर्दै समय बित्ने छ । सामान्य यात्रा पश्चात कार्य सिद्धि हुन सक्ला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च बढ्ने सम्भाबना रहेको छ । कुरा काट्नेहरुको वृद्धि हुनेछ । परोपकारका क्षेत्रमा मन जानेछ । नजिकका मित्रबाट धोका हुन सक्छ । प्रेमी प्रेमीकाबीच मनमुटाब रहन सक्छ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाइएको लगानीको प्रतिफल प्राप्त नहुँदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
बोलीको खराब अर्थ लाग्नाले सामान्य झन्झट आइपर्ला । वाैद्धिक व्यक्तिहरूको सहयोगले कार्य सम्पादनमा विशेष फाइदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागि लगानी गर्ने उत्तम समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्रसँगको सम्बन्धमा सुधार आउने छ । साधारण खर्च भए तापनि दिन मध्यम रहने छ । पारिवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मनोबिलासिताका सामान खरीदकाे योग रहेको छ । दाजु भाइ तथा इष्टमित्रबीच सम्बन्ध सुधार रहने छ । शारीरिक आलस्यताले सताउन सक्नेछ । लगानी गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्तजनसँग भेटघाट हुन सक्ने सम्भाबना रहेको छ । धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनुहोला । बोलीको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानीका क्षेत्र सबल रहने छ । शुभ चिन्तकहरुको सङ्ख्यामा वृद्धि हुनेछ । गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद गर्ने योग रहेको छ । मित्रजनहरूबीचको भेटघाटले मन प्रशन्न रहने छ । परिवारजनहरुसँगको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *