पुलिसको लगातार दोस्रो हार

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार दिउँसो भएको खेलमा हिमालयन शेर्पा क्लबसँग १-० गोलले पराजीत भएसँगै पुलिसले लिगमा लगातार दोस्रो हार बेहोरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा शेर्पालाई जीत दिलाउन अमित श्रेष्ठले निर्णायक गोल गरे । बराबरीतर्फ लम्किएको खेलको दोस्रो हाफको इन्जुरी समयको सातौँ मिनेटमा अमृत श्रेष्ठले गोल गर्दै शेर्पालाई जीत दिलाएका हुन् । यसअघि पहिलो हफाको ३२ औं मिनेटमा शेर्पाका निशान सुब्बा पेनाल्टीमा गोल गर्नबाट चुकेका थिए । उनको प्रहार पुलिसका गोलकिपर शत्रघन चौधरी रोकेका थिए ।

यससँगै शेर्पाले लिगमा पहिलो जीत निकाल्दा पुलिसले लगातार दोस्रो हार बेहोरेको हो । जीतसँगै शेर्पाले दुई खेलबाट ४ अंक जोड्दा पुलिस अंकविहिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *