नेपालले यूएईलाई दियो २ सय ३० रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ३० रनको लक्ष्य दिएको छ ।

सोमबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर रन बनायो । ६८ रन बनाउँदा ५ विकेट गुमाएको अवस्थामा मध्यक्रमका ब्याटरले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए । यस्तै आरिफ शेख ४३, कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाए । बलिङतर्फ जुनैद सिद्दिकीले ३ तथा रोहन मुस्तफा र आर्यन लार्काले २/२ विकेट लिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *