दक्षिणकाली माताले सबैको कल्याण गरुँन्, हेर्नुहोस् फागुन १९ गते शुक्रबारको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ फागुन १९ गते शुक्रबार इश्वी सन् २०२३ मार्च ३ तारीख फागुन शुक्ल पक्ष एकादशी तिथि । पुनर्वशु नक्षत्र सौभाग्य योग भद्रा करण चन्द्रमा मिथुन राशिमा पश्चात कर्कट राशिमा आनन्दादि योगमा लुम्व योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु आमलकी एकादशी व्रत (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ कार्यको थालनीले मन प्रशन्न रहला । खानपानको क्षेत्रमा विशेष ध्यान दिनुहोला । मध्याह्न पश्चात दाजुभाइ तथा ईष्टमित्र बिचको सम्बन्धमा सामान्य खराबी देखा पर्नेछ । मान्यजनको साथ सहयोगद्वारा गरिरहेको काममा विशेष फाइदा प्राप्त हुनेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
नयाँ कार्य थालनीका निम्ति आट र साहशको कमि आउने छ । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । मध्याह्न पश्चात व्यक्तित्व विकासमा जुट्ने समय रहेको छ । कुल कुटुम्बहरुको साथ सहयोग राम्रो प्राप्त हुनेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
अनावश्यक यात्रा हुन सक्छ । विश्वासिला व्यक्तिहरूबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा विशेष सजग रहनुपर्ला । मध्याह्न पश्चात् मान प्रतिष्ठामा वृद्धि हुने योग परेको छ । दाम्पत्य शुखमा कमि आउने छ। मान्यजनको साथ प्राप्त हुनेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्ने छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको विषय भइन सकिने छ । मध्याह्न पश्चात् कोध्रको कारण मानसिक चिन्ता रहन सक्छ । दाम्पतीबीच सामान्य कलह रहने सम्भाबना रहन सक्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मान्यजनहरूको साथ सहयोगमा गरिएका कार्यहरु प्रभावकारी रहन सक्ने छ । सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । विद्यार्थी वर्गका निम्ति समय त्यति उत्तम रहेको छैन । मध्याह्न पश्चात मेहेनत र परिश्रमको कदर हुन सक्ने योग रहेको छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मनको चन्चलताले कार्य सम्पादनमा झन्झट निम्त्याउने छ । असम्बन्धित व्यक्तिको संगतले अपजसको सामना गर्नुपर्ला । यात्रा कारक समय रहेको छ । पारिवारिक झोर झमेलाको सामना गर्नुपर्ने सम्भाबना रहेको छ । मध्याह्नपश्चात भौतिक स्राेत साधनको प्रयोगमा मन प्रशन्न रहनेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
वाणिका कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्टमित्र बिच सामान्य वादबिवादको योग रहेको छ ।स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्ने छ । मध्याह्न पश्चात मित्र तथा दाजु भाइबीचको सम्बन्धमा सुधार आउने छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
भोग बिलासका क्षेत्रमा समय व्यतित हुनेछ । मनोबिलासिताका सामान खरीदकाे योग रहेको छ । कार्य क्षेत्रको लापरबाहीले सामान्य झन्झट आइपर्ला । मध्याह्न पश्चात् खानपानमा विशेष ध्यान दिनुहोला । खुट्टा तान्ने व्यक्तिबाट बच्नुपर्ने समय छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नजिकका ब्यक्तिबाट धोका मिल्न सक्छ, सजग रहनुहोला । सामान्य खर्च हुने योग रहेको छ । यात्रामा सामान्य कठिनाइ आइपर्न सक्छ । तपाईँको कार्यको फाइदा मित्रजनले प्राप्त गर्ने छन् । मध्याह्र पश्चात् जीवन साथीको सहयोगद्वारा अप्रत्यासित लाभको अवसर मिल्ने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामान्य चुनौती पश्चात आम्दानी राम्रो रहने छ । अरुको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने छ । सामान्य अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला । मध्याह्न पश्चात् जिद्दी स्वभावका कारण प्रतिस्पर्धामा पराजयको सामना गर्नुपर्ने छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
पारिवारिक झोरझमेलाले सताउने छ । सामाजिक कार्यमा आफु अग्रसर रहे पनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनेछ । समयमा सही निर्णय गर्ने क्षमता बढ्ने छ । मध्याह्न पश्चात् वाैद्धिक व्यक्तिहरुका बिचमा आफू कमजोर भएको महसुस हुने छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । साझेदारी कामको आम्दानी भने उत्तम रहने छ । मध्याह्न पश्चात् आम्दानीका क्षेत्र सबल रहेता पनि कार्यको क्षेत्रमा भने त्यति मन लाग्ने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *