राष्ट्र गुरु योगि नरहरिनाथको स्मृतिमा विश्व हिन्दु युवा संघ स्याङ्जाद्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

स्याङ्जा । विश्व हिन्दु युव संघ स्याङ्जाद्वारा राष्ट्र गुरु योगि नरहरिनाथको १ सय ९ औ स्मृति दिवसको अवसरमा दीप प्रज्वल्न कार्यक्रम स्याङ्जाको वालिङ स्थित केदारनाथ मन्दिरमा सम्पन्न गरिएको छ । विश्व हिन्दु युवा संघ स्याङ्जाका जिल्ला अध्यक्ष नबराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी विश्व हिन्दु युवा संघका केन्द्रिय सदस्य एबम वालिङ ११ का वार्ड अध्यक्ष ड्ण्ड पाणि पङेनि , विशिष्ट अतिथि समाजसेबी ध्रुब पङेनी ,कमल कुवर,दिक्छान्त प्रताप खाड, केदारनाथ मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष सिताराम अधिकारी, बिश्व हिन्दु युवा संघ स्याङ्जा जिल्ला प्रवक्ता हरि रेग्मी, सह प्रबक्ता कुसल बस्याल, जिल्ला सदस्य प्रज्वल रनपाल, राजन रेग्मी, भिम बहादुर रोका, बबिन पाठक लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पङेनीले योगि नरहरीनाथले देखाएको बाटो हामिले भुल्न नहुने उनले मानव जगतलाइ नै सकारात्मक पथ तिर लम्किन सन्देश दिएका थिए । योगिले नेपाललाई आर्थिक रुपमा सबल बनाउन पनि उनले ठुलो योगदान गर्नु भएको कुरा चर्चा गरेका थिए । विश्व हिन्दु युवा संघ स्याङ्जाले उदारहरनिय कार्य गरेको भन्दै प्रसंशा गरेका थिए । त्यस्तै विशिष्ट अतिथी सिताराम अधिकारिले योगि नराहरिनाथले गरेको कुरा बताएका थिए । उनको पहलमा नै यो केदारनाथ मन्दिर स्थापना भएको र योगि जि यही भूमिमा आएर केही समय बिताएको र उनले वालिङ आउँदा गरेका कार्यहरूको बारेमा बताएका थिए ।

त्यस्तै विश्व हिन्दु युवा संघ जिल्ला अध्यक्ष नबराज पौडेलले योगि जिले नेपाललाई गुरु राष्ट्रको रुपमा विकास गर्न खोज्नु भएको र पूर्वीय दर्शनको आधारमा हामी हिँडे मात्र योगी जिको सपना पुरा हुने कुरा बताएका थिए । पाैडेलले अहिले योगि जि ले देखाएको बाटो मा हिडने बेला आएको र उनले आयुर्वेदमा पनि ठुलो योगदान पुर्याएका  उनले नेपाल भर १ सय २९ ठाउँमा कोटिहोम गरेको कुरा बताएका थिए । योगी जिले गौ संरक्षणमा विशेष जोड दिएको कुरा बताएका थिए।

विश्व हिन्दु युवा संघ स्याङ्जाले उनको नाममा योगि नरहरिनाथ संस्कृत पुस्तकालयको पनि स्थापान गरेको र उनले लेखेका पुस्तकहरु पनि राखिएको बताएका थिए । योगि जिले नेपाल लाई सबल बनाउन धेरै लक्ष्य बनाएका थिए ती कुराहरूलाई हामिले पूरा गर्नु पर्ने बताएका थिए । मनतब्य समाजसेबी कमल कुवर,दिक्षयान्त प्रताप खाड लगायतले राखेका थिए । कार्यक्रममा स्वागत मनतब्य ध्रुब पङेनिले राखेका थिए भने कार्यक्रमको सन्चालन बिश्व हिन्दु युवा संघ स्याङ्जाका प्रबक्ता हरि रेग्मिले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *