काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टोलीको मुख्य प्रशिक्षकमा इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बेर्टो एनेस नियुक्त भएका छन् । अखिल नेपाल फूटबल संघ(एन्फा)ले बुधबार एनेसलाई मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको जनाएको हो ।
तत्कालीन मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पद छोडेपछि उक्त पद खाली रहेको थियो । एन्फाले यसअघि बंगलादेशविरुद्ध भएको मैत्रीपूर्ण खेलमा प्रदीप हुमागाई र पाकिस्तानविरुद्धको खेलमा प्रवेश कटवाललाई कार्यवाहक प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो ।
मुख्य प्रशिक्षकको लागि एन्फाले खुलाएको आवेदन खुलाएको थियो । त्यसमा १ सय ६८ जनाले आवेदन दिएका थिए । त्यसबाट सर्टलिस्टमा परेका २० जनाबाट एनेसलाई पद दिइएको हो ।
३८ वर्षीय एन्नेसे युएईएफ प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन् । उनी हाल इन्डियन सुपर लिग क्लब नर्थ इस्ट युनाइटेडमा मुख्य प्रशिक्षक छन् । यसअघि उनको प्रशिक्षणमा गोकुलम करेलाले लगातार दोस्रोपटक आई लिगको उपाधि जितेको थियो ।