लगातार चौथो जीत निकाल्ने लक्ष्यमा नेपाल

काठमाडौं । आईसीसी यु-१९ विश्वकप एसिया छनोटमा आज नेपालले मलेसियाको सामना गर्दैछ । युएईस्थित मलेक क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान ११:४५ बजे शुरु हुनेछ ।

जारी प्रतियोगितामा अपराजीत रहेको नेपाल आजको खेलमापनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ । यसअघिको तीन खेलमा सिंगापुर, कुवेत र हङकङलाई हराएको नेपाल ६ अंकको साथ तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलमा ६ अंक जोडेको युएई नेट रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ । मलेसियाले भने आफ्नो तीन खेलमा मात्र एक जीत निकालेको छ ।

६ राष्ट्र सम्मीलित छनोटको शीर्ष स्थानमा रहने टोली सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *