दक्षिणकाली माताले सबैको कल्याण गरुँन् ! हेर्नुहोस् फागुन १४ गते आजको राशिफल

आज श्री शाके १९४४ बि. स. २०७९ फागुन १४ गते तद्अनुसार इश्वी सन् २०२३ फेब्रुवरी २६ तारीख आइतबार । फागुन शुक्ल पक्ष सप्तमी तिथि भरणी नक्षत्र पश्चात कृत्तिका नक्षत्र ऐन्द्र योग गर करण चन्द्रमा मेष राशिमा आनन्दादि योगमा काल योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु रविसप्तमीव्रत (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् । अध्ययन अध्यापनका क्षेत्रमा समय उत्तम रहेको छ । व्यापार व्यवसायमा साझेदारी उत्तम रहने छ । प्रेम सम्बन्धमा सुधार आउने छ । समयअनुसार कार्यको निर्णय लिन नसक्दा सामान्य ढिलाइको सामना गर्नुपर्ला । नयाँ लगानी उत्तम रहने छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अनावश्यक खर्चका कारण तात्कालीक आर्थिक अभाबको सामना गर्नुपर्ने छ । कामकाजका क्षेत्रमा अरुको दवाबको महसुस हुने सम्भाबना रहेको छ । देश विदेशको यात्राको योग रहेको छ । परिवारका सदस्यहरुसँगको सम्बन्धमा भने सामान्य झमेला उत्पन्न हुन सक्नेछ । हर कसैको विश्वासमा नपर्नुहोला ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
भोजभतेरमा सरिक हुने अवसर प्राप्त हुनेछ । शारीरिक आलस्यताले अध्ययन अध्यापनका क्षेत्रमा प्रभाब पार्ने समय रहेको छ । शत्रु परास्त्र हुने छन् । शुभ चिन्तकको संख्यामा वृद्धि हुनेछ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्य आर्जनमा विशेष फाइदा रहला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारिवारिक साथ सहयोगबाट भने अधुरा कार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ । मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मद्दत पुग्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाईँको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारिक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्नेछ । प्रतिस्पर्धीहरू कमजोर हुनाले आर्यआर्जनमा विशेष फाइदा रहला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोगद्वारा व्यक्तित्व विकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानीका क्षेत्रमा वृद्धि हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनुपर्ला । सामान्य चोटपटकको सामना गर्नुपर्न सक्छ सजग रहनुहोला ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
भौतिक स्राेतसाधनको प्रयोगका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । प्रेम सम्बन्धमा सुधार आउने छ साथै, जीवन साथीको सहयोगमा कार्य सम्पादनमा मद्दत मिल्ने छ । मान्यजनको साथ सहयोगको कमि महसुस गरिने छ । नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानी उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाइको सामना गर्नुपर्ने छ । यात्राका निम्ति सामान्य खर्च गर्नुपर्ने छ । असम्बन्धित व्यक्तिको पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । खराब संगतका कारण सामान्य अपजस सहनुपर्ला । मनोरञ्जनका सरसामानको खरीद र प्रयाेगमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रिय व्यक्तिसँगको भेटघाटले मन प्रशन्न रहने छ । पारिवारिक मनोरञ्जका निम्ति सामान्य खर्च हुनेछ । वाैद्धिक व्यक्तित्वसँग भेटघाटको अवसर जुट्ने छ । सामान्य संघर्ष पश्चात मनग्य आम्दानीका स्राेतहरू फेला पर्ने छन् । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाइको सामना हुनसक्छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कार्यको थालनीले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय व्यतित हुनसक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य सुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । व्यापार व्यवसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
नयाँ कार्य थालनीका बेला आँट र साहसमा कमि आउने छ । शुभ चिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्तजनसँग भेटघाट हुनसक्ने सम्भाबना रहेको छ । पराक्रममा वृद्धि हुनेछ । नजिकका साथीभाइबाट विश्वाशघात हुन सक्छ ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ लगानीका क्षेत्रमा समय राम्रो छैन, सजग रहनुहोला । सामान्य चोटपटकको सिकार भइन सक्छ, सजग रहनु होला । मान्यजनसँगको सम्बन्ध खराब रहन सक्छ । विद्या प्राप्ति योग रहेको छ । असम्बन्धित व्यक्तिकाे पूर्ण विश्वास नगर्नु नै राम्रो रहने छ । मनोरञ्जनका सरसामानको प्रयाेग र खरीदमा सामान्य खर्च हुन सक्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *