सत्ता साझेदार दलबीचको सहमति प्रधानमन्त्रीले इमान्दारीतापूर्वक कार्यान्वयन गर्नुपर्छः सचिव विष्ट

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा निर्वाचित गराउनु नै राष्ट्रिय सहमति हुने बताएका छन् ।

बुधबारको संसद बैठकपछि संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै सचिव विष्टले यस्तो बताएका हुन् ।

उनले भने, ‘एमालेले जो उम्मेदवारलाई राष्ट्रपतिको रुपमा प्रस्तावित गर्छ त्यो उम्मेदवारलाई निर्वाचित गर्ने सन्दर्भमा माओवादी केन्द्रको जिम्मेवार भूमिका रहन्छ भन्ने हाम्रो अपेक्षा हो । एमालेले उठाएको उम्मेदवारलाई निर्वाचित गर्ने सहमति नै आजको सन्दर्भमा राष्ट्रिय सहमति हो ।’

उनले सत्तारुढ गठबन्धनका बीचमा भएको सहमति प्रधानमन्त्रीले इमान्दारीतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *