‘मैले कति योगदान गर्न सकेँ थाहा छैन, तर मेरो देशले क्रिकेट जितेको छ’

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले देशले क्रिकेट जितेको बताएका छन् ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा क्लीन स्वीप गरेपछि सामाजिक सञ्जालमार्फत लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भनेका छन्, ‘मैले कति योगदान गर्न सकेँ थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ । यो साथ यो मायाको लागि सम्पूर्णमा हृदयदेखी आभारी छु।’ नेपालले लिग २ को सिरिजमा पहिलो पटक चारै खेल जितेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *