अमेरिकी धातु उत्पादन कारखानामा विस्फोट, एकजनाको मृत्यु

अमेरिकी धातु उत्पादन कारखानामा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

अमेरिकाको ओहायो राज्यको बेडफोर्डमा भएको विस्फोटमा एक जनाको मृत्यु भएको तथा १३ जना घाइते भएका सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

तामा मिश्रित धातु उत्पादन गर्ने सुम्यान एण्ड कम्पनीमा विष्फोट भएको हो । विष्फोटमा घाइते भएका सबैलाई अस्पताल लगिएकोे अग्नि अधिकारीहरूले बताएका छन् ।

विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको उनीहरूले जनाएका छन् । सुम्यानको भौतिक संरचनामा व्यापक क्षति भएको छ ।

विष्फोटपछि बेडफोर्ड वरपरको वायुमण्डल प्रदूषित भएको थियो । उक्त क्षेत्रका धेरै स्थानीयले त्यसबारे गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *