डा श्रेष्ठको निधनप्रति ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी बुद्धिजीवी प्रा डा माथुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले टवीट् गर्दै पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका डा श्रेष्ठको निधनको खबरले आफू दुःखी भएको बताएका हुन् । लामो समयदेखि दम र छाती रोग सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा डा श्रेष्ठको आज बिहान ८८ वर्षको उमेरमा अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *