पोखरा । गण्डकी प्रदेशले आज सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक बिदा दिएको हो ।
गत १८ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन बिदा दिने निर्णय गरे अनुसार आज सार्वजनिक बिदा भएको हो ।
प्रदेश सरकार गठन भएपछि २०७४ साल फागुन ४ गते गण्डकीको मुख्यमन्त्रीका रुपमा पृथ्वीसुब्बा गुरूङले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
गण्डकी प्रदेशमा कास्की, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, बाग्लुङ, पर्वत, स्याङ्जा, तनहुँ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) रहेका छन् ।