दक्षिणकाली माताले सबैको कल्याण गरुँन् ! हेर्नुहोस् माघ २५ गते बिहीबारको राशिफल

आज श्री शाके १९४४ बि.स. २०७९ माघ २६ गते तद्अनुसार इश्वी सन २०२३ फेब्रुवरी ९ तारीख बिहीबार । फागुन कृष्ण पक्ष चतुर्थी तिथि उत्तरफाल्गुनी नक्षत्र सुकर्मा योग वालव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा मातंग योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भाग्योदयका निम्ति मित्रजनको साथसहयोग आवश्यक रहने छ । देश प्रदेशको यात्राको योग रहने छ । मध्याह्न पश्चात भने जीवन साथीको साथ सहयोगद्वारा व्यापार व्यवसायकाे माध्यमबाट आम्दानीका स्राेत सुदृढ बन्ने छ । सभा सम्मेलनमा सहभागिता मिल्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कला कौशलको प्रयोगलमा समय व्यतित रहने योग रहने छ । नजिकका व्यक्तिबाट विश्वासघात हुन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थिक अभावको सामना गर्नुपर्ला । नयाँ कार्य थालनीका निम्ति आँट र साहशमा कमि आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउने छ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धाजन्य कार्यमा उत्तम स्थान प्राप्त रहने छ । सामाजिक कार्यमा जुट्ने समय रहेको छ । विद्या प्राप्ति योग रहेको छ । स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा साबधानी अपनाउनुहोला ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
निर्णय गर्ने क्षमतामा बृद्धि हुने योग रहेको छ । मित्रजनहरुसँगको अधिक निकटता उत्तम रहने छैन । अपरान्ह पश्चात पारिवारिक साथ सहयोग प्राप्त रहने छ । भौतिक साधनको प्रयोगमा समय व्यतित रहने छ । सामान्य कार्यको निम्ति धेरै समय व्यतित हुनाले मानसिक तनाबको सामना गर्नुपर्नेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कुरा काट्ने व्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । यात्रा झन्झट पुर्ण रहनेछ । भोज भतेरमा सरीक हुने समय रहेको छ । सञ्चित रकम खर्च हुने योग रहेको छ । अपरान्ह पश्चात निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मित्रजनहरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादित रहने छन् ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ लगानीका क्षेत्रमा समय राम्रो छैन, सजग रहनु होला । विद्या प्राप्ति योग रहेको रहे तापनि सन्तान सम्बन्धि समस्याले भने सताउने छ । स्वास्थ्य सम्बन्धि समस्याका कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
नयाँ कार्य थालनीका निम्ति आँट र साहशमा कमि आउनेछ । शारीरिक आलस्यले कार्य ढिलाइ हुन सक्छ । सबारी साधनको प्रयोगमा विशेष ध्यान दिनुपर्ने छ । कार्यक्षेत्रमा प्रतिस्पर्धीहरुको बृद्धि हुनाले तपाईँलाई सामान्य झन्झट आइपर्ला । तात्कालीन आर्थिक अभावको सामना गर्नुपर्ने सम्भावना रहेको छ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अरुको छिटो विश्वास गर्नाले धोका हुन सक्छ । नयाँ कार्यको थालनी नगर्नु होला । नजिकका मित्रजनहरूसँगकाे सम्बन्ध टाढिन सक्ला । अरुको संगत गर्ने बानीले सामान्य समस्या आइपर्ला । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । नयाँ कार्यको थालनीले आम्दानी सबल तुल्याउने छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सामान्य कार्यका निम्ति अधिक परीश्रम खर्चनु पर्नेछ । मानसम्मानमा आँच आउन सक्नेछ । अपरान्ह पश्चात भने दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनी होला । बौद्धिक क्षेत्रका व्यक्तित्वसँगको संगतद्वारा मन प्रशन्न रहला । वाणिको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन् ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मित्रजनहरुसँगको यात्रा स्मरणीय साबित रहने छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भइनेछ । श्रम र परीश्रमको कदर हुने वा मानसम्मान प्राप्त हुने समय रहेको छ । मनमा सामान्य चिन्ताले बास गर्नाले कार्य क्षेत्रमा झन्झट आई पर्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्यमा रहेको समस्या क्रमिकरुपमा सुधार रहने छ । विशेष जिम्मेबारी बहन गर्नुपर्ने समय रहेको छ । ईष्ट मित्रजनको साथ सहयोग प्राप्त हुनाले कार्य सहज रहला । भाग्योदयका निम्ति खट्नुपर्ने समय रहेको छ । आजको कार्यले भोलिलाई फाइदा रहने छ । नयाँ कार्य क्षेत्रमा लगानी नगरे कै बेश हुनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापार व्यवसायमा सामान्य घाटाको सम्भावना रहने छ । मनमा उत्पन्न विभिन्न कुविचारले समस्या निम्त्याउन सक्ला, सजग रहनु पर्नेछ । सामान्य चोटपटकको सिकार भईन सक्छ । मान्यजनसँगको सम्बन्धमा खराबी आउन सक्नेछ । मित्रहरुको साथ सहयोग प्राप्त हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *