दक्षिणकाली माताले सबैको कल्याण गरुँन् ! हेर्नुहोस् माघ २४ गते मंगलबारको राशिफल

आज श्री शाके १९४४ बि.स. २०७९ माघ २५ गते बुधबार तद्अनुसार इश्वी सन् २०२३ फेब्रुवरी ८ तारीख फागुन कृष्ण पक्ष तृतीया तिथि पूर्वफाल्गुनी नक्षत्र अतिगण्ड योग वव करण चन्द्रमा सिंह राशिमा आनन्दादि योगमा स्थिर योग नल नाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो.प. सरोज घिमिरे)

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिश्पर्धीहरू सवल रहनाले कार्य सम्पादनमा विशेष सावधान रहनुपर्ने समय रहेको छ । विश्वासिला व्यक्तिहरूबाट धोकाहुन सक्ने सम्भावना रहेको छ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अवसर रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अध्ययन अध्यापनकाे क्षेत्रमा समय उत्तम रहेको छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भावना रहेको छ । कार्य क्षेत्रमा मन लागे पनि सामान्य त्रुटिले मानसिक चिन्ता दिलाउने छ । तपाईँको कमजोरीको फाइदा अरुले उठाउन सक्नेछन् ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
सवारी साधनको प्रयोगमा ध्यान दिनुपर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । प्रेम सम्बन्धमा सुधार आउनेछ । पारिवारिक झरझमेलाले सताउन सक्ने छ । मान्यजनको साथ सहयाेगले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौद्धिक विकासमा जुट्ने समय रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मित्रजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाइबीच मनमुटाब रहन सक्ला । नजिकका व्यक्तिबाट विश्वासघात हुनसक्छ । कुरा काट्ने व्यक्तिबाट टाढै रहनुहोला । पारिवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्धी हुनसक्ला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनमा सामान्य डर पैदा हुने छ र मनमा चन्चलताले बास गर्ने छ । बोलीको प्रभावको कारण मान्यजनको साथ पाइनेछ । स्वास्थ्य सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोगले आक्स्मिक धन लाभ हुन सक्ने छ । कार्यक्षेत्रमा लगाइएको लगानीको प्रतिफल प्राप्त नहुँदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक सुख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका स्राेत र साधनका क्षेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौद्धिक व्यक्तित्वहरूको सहयोगले कार्य सम्पादनमा विशेष फाइदा हुनेछ । संगीततर्फ रुचि जाग्नेछ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रेमी प्रेमीकाबीच मनमुटाब रहन सक्छ । व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग रहेको छ । सामान्य क्षति ब्यर्होनु पर्ला । कुरा काट्नेकाे संख्यामाबृद्धि हुनेछ । परोपकारको क्षेत्रमा मन जानेछ । साधारण खर्च भए तापनि दिन मध्यम रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
मित्रजनको सहयोग प्राप्त हुनेछ । बिद्या तथा व्यापारमा राम्रो योग रहेको छ । बोलीको खराब अर्थ लाग्नाले सामान्य झन्झट आइपर्ला । धनमालमा सामान्य क्षति हुने योग रहेको छ, सजग रहनुहोला । शारीरिक आलस्यताले सताउन सक्नेछ । लगानी गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पारिवार तथा ईष्टमित्रसँगको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्याले सताउन सक्छ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनीले मन प्रशन्न रहला । आम्दानीकाे क्षेत्र सबल रहेको छ । शुभ चिन्तकहरुको सङ्ख्यामा बृद्धि हुनेछ । गायन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफन्तजनसँग भेटघाट हुन सक्ने सम्भावना रहेको छ । मनोबिलासिताका सामान खरिदकाे योग रहेको छ । दाजु भाइ तथा इष्ट मित्रबीच सम्बन्ध सुधार रहने छ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भइनेछ । परिवारजनहरूसँगको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मतभेद रहन सक्नेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
बोलीका कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ्य सम्बन्धि समस्याले सताउँला । स्तान्तरणको योग रहको छ । स्वास्थ्य सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मानिसबाट विश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा विशेष सजग रहनुहोला, सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भावना रहेको छ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापार व्यवसाय बाट राम्रो आम्दानी हुने योग रहेको छ । मनोबिलासिताका सामान खरिदकाे योग रहेको छ । मित्रजनहरुसँगकाे भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोगबाट बिग्रन लागेको काम बन्नेछ । अरुको विश्वास गर्नाले धोका हुन सक्छ । आम्दानीका क्षेत्र सबल रहेता पनि स्वास्थ्यमा सामान्य बाधा आइपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *